उत्पादित वस्तुलाई बजारीकरण गर्न प्रदेशस्तरीय प्रदर्शनी

उत्पादित वस्तुलाई बजारीकरण गर्न प्रदेशस्तरीय प्रदर्शनी

राँझा –  महिला उद्यमीद्वारा उत्पादित वस्तुलाई बजारीकरण गर्न नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी गरिने भएको छ । 

महिला उद्यमी सङ्घ नेपाल बाँके शाखाले महिला उद्यमीलाई  प्रोत्साहन गर्न यही पुस २४ गतेदेखि प्रदर्शनी आयोजना गर्न लागेको सङ्घकी अध्यक्ष सावित्रा बस्नेतले बताउनुभयो । 

“हामी तयारीमा जुटिरहेका छौँ । विगतमा जस्तै यसपटक पनि ग्रामीणस्तरमा उत्पादित वस्तु र व्यवसायलाई प्रवद्र्धन गर्ने हाम्रो उद्देश्य रहेको छ”, उहाँले भन्नुभयो, “प्रदर्शनीलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरेर सबैले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहनुभएको छ ।” यस सङ्घले एक दशकदेखि महिलालाई उद्यममा प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गर्दै आएको प्रथम उपाध्यक्ष रेवती सिंहले बताउनुभयो  । 

महिलाले गाउँघरमा उत्पादन गरेका खाद्य वस्तु, लत्ताकपडा, सामग्री, उत्पादनको बजारीकरणमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीले टेवा पु¥याएको उपाध्यक्ष सिंहले बताउनुभयो । “हाम्रो मेला अन्य मेलाभन्दा केही पृथक छ । हामी नाफा कमाउने उद्देश्यले मेला गर्दैनौँ”, उहाँले भन्नुभयो, “महिला व्यवसायीलाई कसरी उद्योग, व्यवसायमा सक्रिय बनाउन सकिन्छ भनेर काम गर्छौं । उनीहरुका समस्यासमेत उजागार गरेर समाधान गर्ने प्रयास गर्छौं ।”

प्रतिक्रिया