इंग्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुलको बराबरी

इंग्लिस प्रिमियर लिगमा आर्सनल र लिभरपुलको बराबरी

काठमाडौँ –  इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताअन्तर्गत गएराति भएको खेलमा आर्सनल र लिभरपुलले बराबरी गरेका छन्। 

दुवै टोलीले १र१ गोल गरी अंक बाँडेका हुन्। आर्सनलका लागि गेब्रियल मागाल्हासले तथा लिभरपुलका लागि मोहमद सलाहले एकरएक गोल गरेका हुन्। 

खेलको चौथो मिनेटमै गोल गरेर आर्सनलका गेब्रियलले टोलीलाई अग्रता दिए पनि २९औँ मिनेटमा लिभरपुलका सलाहले गोल फर्काएपछि बराबरी भएको हो। 

योसँगै आर्सनल १८ खेलबाट ४० अंकका साथ तालिकाको शीर्षस्थानमै रह्यो भने ३९ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ।

प्रतिक्रिया