कोइरीको सांसद पदको निलम्बन फुकुवा

कोइरीको सांसद पदको निलम्बन फुकुवा

काठमाण्डौ – प्रतिनिधिसभाका निलम्बित सांसद लक्ष्मी महतो कोइरीको सांसद पदको निलम्बन फुकुवा भएको छ । सभामुख देवराज घिमिरेले आज आइतवार सांसद कोइरीको निलम्बन फुकुवा गर्नुभएको हो । 

२०७२ मा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिक हत्याका आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकै अवस्थामा अघिल्लो वर्ष मंसिर ४ गते महोत्तरी–१ बाट नेकपा एमालेबाट निर्वाचित सांसद कोइरी गत वैशाखमा निलम्बनमा पर्नुभएको थियो । 

हत्या अभियोग लागेका सांसद कोइरीलाई सभामुख घिमिरेले गएको वैशाख १९ गते निलम्बन गर्नुभएको थियो । त्यति बेला हत्या अभियोगमा सांसद कोइरीविरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा विचाराधीन थियो ।

त्यो मुद्दामा जिल्ला अदालतले पुस ४ गते बुधबार सांसद कोइरीलाई सफाइ दिएपछि उहाँले फुकुवाको माग गर्नुभएको थियो । 

अदालत मुद्दामा सफाइ दिइएको साँसद कोइरीले आफूलाई कम मत आएको भेगमा स्थानीयलाई कुटपिट र दुव्र्यवहार गर्ने गरेको नागरिकहरुले  असुरक्षा महसुश गरेका छन् । 

प्रतिक्रिया