गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको छ : सभापति देउवा
काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई कमजोर पार्ने काम भइरहेको बताउनुभएको छ ।
आइतबार पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई शताब्दी जन्म दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गणतान्त्रिक लोकतन्त्रको सुदृढीकरण गर्दै अघि बढ्न आवश्यक रहेको बताए । उनले राजनीतिक दलहरूले यसबारेमा विशेष जोड दिइ गम्भीर बन्नुपर्ने बताउनुभयो ।
देउवाले नेता स्व. भट्टराई कुनै पनि बदनामले नछोएको व्यक्ति भएको बताउनुभयो । उहाँले नेता भट्टराईको खोजीनीति गरी पुस्तक लेख्नुपर्ने र सबैलाई बुझाउन सक्नुपर्ने बताउनुभयो ।
सभापति देउवाले कृष्णप्रसाद भट्टराई देखाएको बाटोमा हाम्रो पार्टीलाई हिँडाउन सकेको खण्डमा प्रजातन्त्र झनै सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया