दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा मृत्यू
![दुर्घटनामा घाइते महिलाको उपचारको क्रममा मृत्यू](https://snowberry.prixacdn.net/media/gallery_folder/deathimage784410-1622018110402-1000x01-0762018112921-1000x0_0UcGghdCcY_6zitue7yxjnfbgnhmbrgnw2x9iud6wwptqw74uuvosu5sg2raqvm5g7nx4xp_a9Rs4KhuUM_6qqc78s19xg8xkzbpprodjros9kd2uk5ftyjc45h8vdabss0lyxez3pef4ad_q9DwVeOggz_ewttjahamqury4ujna51ltqvvglx8ly1eysrjnw8dinnn93ka2lmnswgbibf_Vj1hbWVJQL_lyd4tecqcql5fodiv1rm09nnnenqiyse2nthfj2n3pbr4j0yoepgf3lbbifb_5zdXtwG37X_sghzqo72ybvteke7zomfcfkizrpltznrqag153kfxrypwfdtxu8oxsbwacii_iAHEK7zEtV_ojlvv1jkkwdpfaux3pmoqsj7q2sbych1roblmupojkdz0mgzbpqfw3jyjsw6_S00jTdWEBn_ph64ih5wnxsdtew7cimrp5ymwpnxhlopf31nhteqrg9s2b9opkqaiqjrektq_6Q0Fe7iSPu_vfsv0jbej87vv5qcksfbxiid0i7qxfqzb4tualn05tjexjrwyz4dq2sptcls.jpg)
सुन्नुहोस्
Powered by
ONE
दैलेख – दुल्लूमा आइतबार भएको अटोरिक्सा दुर्घटनाकी घाइते मध्ये एक महिलाको उपचारको क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यू भएको छ ।
दुल्लू नगरपालिका–१० की ४२ वर्षीया गौरी शाहीको सोमबार मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।
कर्णाली प्रदेश ०२–०० ह ०७०८ नम्बरको अटोरिक्सा आइतबार साँझ दुल्लू नगरपालिका–५ चौतारामा दुर्घटना हुँदा ५ जना घाइते भएका थिए । घाइते मध्ये गम्भीर चोट लागेका तीन जनालाई सुर्खेत पु¥याइएको थियो ।
चालक ३५ वर्षीय पुरन बिक र १० वर्षीय बालक कमल रावतको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको जनाइएको छ । अरू दुई प्राथमिक उपचारपछि आइतबार नै घर फर्किएका थिए ।
प्रतिक्रिया