स्वयमसेविकालाई कुपोषण जाँच सम्बन्धी अभिमूखिकरण कार्यक्रम

स्वयमसेविकालाई कुपोषण जाँच सम्बन्धी अभिमूखिकरण कार्यक्रम

सुर्खेत –   दैलेखको दुल्लु नगरपालिका र सुर्खेतको चौकुने गाउँपालिकामा सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई कुपोषण जाँच सम्बन्धी अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । यूनिसेफको साझेदारी सोसेक नेपालद्धारा दुल्लु नगरपालिकामा संचालित बालिका शसक्तिकरण परियोजना अन्र्तगत उक्त तालिम सम्पन्न भएको हो ।

दुल्लु नगरपालिका उप -प्रमुख सबिना कार्कीको अध्यक्षता रहेको थियो भने विशेष अतिथि दुल्लु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत  तिलक वि कको रहेको थियो ।

अभिमुखिकरण कार्यक्रममा दुल्लु नगरपालिका -१ देखि ११ जना वडा नम्बर -२ देखि १२ जना, ४ नम्बर वडाबाट -६ जना गरि जम्मा २९ जना स्वयमसेविको सहभागिता रहनुभएको बताइएको छ । कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख उमा उपाध्याय, नगर स्वास्थ्यबाट सगुन परियार, प्रशिक्षक हिमाल आचार्य रहनुभएको सोसेक नेपालद्धारा दुल्लु नगरपालिकामा संचालित बालिका शसक्तिकरण परियोजना कार्यक्रम अधिकृत दुर्गा रोकायाले जानकारी दिनुभयो 

 त्यस्तै चौकुने गाउँपालिकामा पनि सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई अभिमूखिकरण तालिम दिइएको छ । यूनिसेफको साझेदारी चौकुने गाउँपालिकाको समन्वय सोसेक नेपालद्धारा संचालित बालिका शसक्तिकरण परियोजना अन्र्तगत उक्त तालिम दिएको बताइएको छ ।

चौकुने गाउँपालिका अध्यक्ष खड्क विक विवसको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुमन आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै अन्य अतिथिमा गाउँपालिका उपाध्यक्ष नर बहादुर बान्तोला, स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर जैसुरी,  जनस्वास्थ्य निरिक्षक जनक विश्वकर्मा, स्वास्थ्य शाखा एवम प्रशिक्षक दिपा खत्री रहनुभएको थियो । 

त्यस्तै एक दिने कुपोषण जाँच सम्बन्धी अभिमूखिकरण कार्यक्रममा चौकुने गाउँपालिका वडा नम्बर -४ देखि ८ जना, -५ बाट ७ जना, -६ देखि ७ जना, वडा नम्बर-७ देखि १० जना, र वडा नम्बर -८ बाट ६ जना स्वयमसेविकाको सहभागिता रहेको चौकुने गाउँपालिकामा सोसेक नेपालद्धारा संचालित बालिका शसक्तिकरण परियोजना कार्यक्रम अधिकृत अर्जुन शाहीले बताउनुभयो । 

समूदाय स्तरमा रहेका बालबालिकाहरुको कुपोषणको अवस्था पहिचान गर्नका लागि उक्त अभिमूखिकरण कार्यक्रम संचालन गरिएको सोसेक नेपालद्धारा संचालित बालिका शसक्तिकरण परियोजना संयोजक शसि पाण्डेले बताउनुभयो । उहाँका अनुसार पहिचान भएका कुपोषित बालकालिकाहलाइ उपचार गर्नका लागि स्वास्थ्य संस्थामा रेफर गर्ने पाण्डेले बताउनुभयो । 

प्रतिक्रिया