ठाटीकाँधमा सकारात्मक अभिभावकत्व शिक्षा सम्बन्धि दुइ दिने तालिम सम्पन्न

ठाटीकाँधमा  सकारात्मक अभिभावकत्व शिक्षा सम्बन्धि दुइ दिने तालिम सम्पन्न

ठाटीकाँध –  दैलेखको ठाटीकाँध गाउँपालिकामा सकारात्मक अभिभावकत्व सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ ।

एइ आई एन लक्जेम्बर्गको साझेदारी ठाटीकाँध गाउँपालिकाको समन्वय सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना अन्र्तगत उक्त तालिम सम्पन्न भएको हो । दुइ दिने तालिमको मुख्य उद्देश्य अभिभावक शिक्षा दिने रहेको सोसेक नेपालद्धारा ठाटीकाँधममा  संचालित सहकार्य परियोजना संयोजक जीवराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार दुइदिने तालिममा २१ वटा विद्यालयबाट १८ जना प्रधानाध्यापक र ३ जना शिक्षकको सहभागिता रहेको थियो ।

दुइदिने तालिममा प्रधानाध्यापकहरुलाई विद्यालयको बातबरण सुधार, खुशी हुने तरिकाहरुका विषयमा मोटिभेसन सम्बन्धी कुराहरु समेत गरिएकोे थियो  । तालिमपश्चात् आफूहरुमा नयाँ जागर पलाएको तालिममा सहभागि प्रधानाध्यापकहरुको भनाई रहेको छ   ।

तालिमपश्चात् विद्यालयमा पुगेर कक्षा कोठा सुधार गर्ने । विद्यार्थीहरुमा सकारात्मक कुरा लागु गर्ने र अभिभावक बोलाएर सकारात्मक अभिभावकत्व शिक्षा दिने प्रतिबद्धता जायर गरेका छन् । दुइदिने तालिमले प्रधानाध्यापकहरुमा नयाँ उत्साह ल्याएको दुइदिने तालिमका सहजकर्ता मोटिभेश्नल स्पिकर रत्न बुढाले बताउनुभयो ।

प्रतिक्रिया