शैक्षिक सामाग्री निर्माण सम्बन्धि ३ दिने कार्यशाला संचालन
दैलेख – दैलेखको ठाटीकाँध गाउँपालिकामा शैक्षिक सामाग्री निर्माण सम्बन्धि ३ दिने कार्यशाला संचालन भएको छ । एइ आइएन लक्जेम्बर्गको साझेदारी ठाटीकाँध गाउँपालिकाको समन्वय सोसेक नेपालद्धारा ठाटीकाँध गाउँपालिकामा संचालित सहकार्य परियोजना अन्र्तगत भवानी माध्यामिक विद्यालय बहाकोटमा कार्यशाला संचालन गरिएको हो ।
यस अघि ठाटीकाँध गाउँपालिका -२ स्थित जनता आधारभूत विद्यालय पीपलचौतारा र ठाटीकाँध गाउँपालिका -६ स्थित जन आधारभूत विद्यालय थापाटोलमा कार्यशाला सम्पन्न भइसकेको सहकार्य परियोजना संयोजक जीवराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार शैक्षिक सामाग्रि सम्बन्धि कार्यशाला ठाटीकाँधका १० वटा विद्यालयमा माघसम्म गर्ने बताउनुभयो ।
विद्यालयमा (नो कस्ट र लो कष्ट) सामाग्रि हुन्छ । पैसा नलाग्ने र थोरै पैसा लाग्ने सामाग्रि निर्माण गर्ने हो । स्थानीय स्तरमा प्रयोग भएका बस्तुहरुलाई पुन प्रयोग गरेर सामाग्रि बनाउने । बालविकास केन्द्रहरुमा कागजको प्रयोग गरेर क,ख र कागजकै अंकहरु बनाउने हुन्छ । शिक्षकहरु नभएका बेला पनि ति चित्रहरु हेरेर बालबालिकाले पढ्न सकुन भन्ने उद्धेश्य हो । पाँच वटा विद्यँलयलाई चिप्लेटि सँगै अन्य आवश्यक पर्ने शैक्षिक सामाग्रि बितरण गरिसकेको रेग्मीले बताउनुभयो ।
प्रतिक्रिया