बालिका बलात्कारका कसूरदारलाई अठाह्र वर्ष कैद

बालिका बलात्कारका कसूरदारलाई अठाह्र वर्ष कैद

दैलेख –  १४ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ६१ वर्षीय परे कामीलाई दैलेख जिल्ला अदालतले बिहीबार १८ वर्ष कैदको फैसला गरेको छ । 

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कसूरदारलाई १८ वर्ष कैदको अलवा ७ लाख रुपैंयाँ जरिवाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २२ सय रुपैंयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय सुनाइएको अदालतका श्रेस्तेदार उपसचिव बद्री लामिछानेले जानकारी दिनुभयो ।  

ती बालिकालाई ०७९ साउन १४ गते बलात्कार गरेकाे भन्दै घटनाको एक महिनापछि भदौ १२ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दर्ता गराएको थियो । पीडितको स्वास्थ्य परीक्षण भदौ १२ गते दैलेख अस्पतालमा गरिएको थियो ।  

उजुरी परेकै दिन प्रहरीले कसूरदारलाई पक्राउ गरी थालेको अनुन्धानको आधारमा जिल्ला सरकारी वकील कार्यालय जिल्ला सरकारी वकील कार्यालयले दैलेख जिल्ला अदालतमा भदौ २९ गते जबरजस्ती कसूरमा अभियोग दर्ता गराएको थियो ।   

अभियोग सम्वन्धमा भदौ ३० गते भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट कसूरदारलाई पुर्पक्षका लागि कारागार पठाइएको थियो । 

फैसलामा मुलुकी अपराध सहिंताको दफा २१९ अनुसार कसूरदारलाई कैद, दफा २२८ अनुसार जरिवाना र पीडितलाई क्षतिपूर्ति भराउनेसंगै अपराध पीडित संरक्षण ऐन २०७५ को दफा ४१ बमोजिम पीडित राहत कोषमा कसूरदारले तिर्नुपर्ने उल्लेख गरिएको छ ।

पीडित बालिकाको तर्फबाट जिल्ला सरकारी वकील कार्यालय दैलेखका सहायक जिल्ला न्यायाधिवक्ता नृपराज खड्काले बहस गर्नुभएको थियो । सरकारवादी फौजदारी मुद्दामा पीडितको पक्षबाट सरकारी वकीलले बहस कानूनी व्यवस्था छ । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सुरु सम्पर्कमा आएका पीडित पक्षलाई न्यायिक प्रक्रियाको सुरु उजुरी लेखाउने, पीडितलाई आवास र मनोविमर्शको सोसेक नेपाल बालहेल्पलाइनले सहायता गरेको थियो । उपचार दैलेख अस्पतालको ओसीएमसीमा गरिएको थियो । 
 

प्रतिक्रिया