ईपीएस परीक्षार्थीकाे प्रदर्शन, मन्त्रीकाे गाडीमा आगजनी
काठमाण्डौ – ललितपुरको बालकुमारी क्षेत्रमा तनाव भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फारम भर्न नपाएको भन्दै परीक्षार्थीले प्रदर्शन गरेका कारण बालकुमारी क्षेत्रमा तनाव भएको हो ।
यस क्षेत्रमा केही दिन अघिदेखि ईपीएस परीक्षार्थीले प्रदर्शन गर्दै आएका र आज शुक्रवार पनि झन्डै दुई हजारको सङ्ख्यामा रहेका उनीहरूले प्रदर्शन गरेको प्रहरीले जनाएको छ ।
प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आजगनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताउनुभयो । मन्त्रीको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको पनि उहाँले बताउनुभयो । मन्त्रीलाई उद्धार गरेर सिंहदरबार पुर्याएको उहाँको भनाइ छ ।
ईपीएस परीक्षार्थीको प्रदर्शनका कारण अहिले सातदोबाटोदेखि बालकुमारीसम्मको सडक अस्तव्यस्त रहेको छ ।
प्रतिक्रिया