इपीएस परीक्षा विवाद प्रदर्शनमा घाइतेकाे उपचारकाे क्रममा दुईको मृत्यू
सुन्नुहोस्
Powered by
ONE
काठमाण्डौ – दक्षिण कोरियामा लागि वैदेशिक रोजगार विभागले लिएको रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागि दुई जनाको मृत्यू भएको छ ।
इपीएसको कार्यालय नजिक ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यू हुनेमा दैलेखको महाबु गाउँपालिका६ रानीबनका २१ वर्षीय सुजन रावत र डोटीका वीरेन्द्र शाह रहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिनुभयो ।
भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काउनुसंगै गाडीमा आगजनी समेत गरेकोबो विषयमा भएको झडपपछि गोली चलेको थियो । आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचारका क्रममा मृत्यू भएको बताइएको छ ।
प्रतिक्रिया