बालकुमारी घटनाको सत्यतथ्य छानविन गरि उचित क्षतिपूर्ति दिन सांसद रानाको माग

काठमाडौँ – प्रतिनिधि सभा सांसद सिता कुमारी रानाले बालकुमारी घटनामा ज्यान गुमाएका परिवालाई घटनाको सत्यतथ्य छानविन गरेर सरकारले उचित न्याय दिनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको जारि बैठकमा आफ्नो धारणा राख्दै उहाँले घटनाको सत्यतथ्य छानविन गर्दै परिवारलाई न्याय दिनुपर्ने बताउनुभयो ।
शुक्रवार वालकुमारी घटनामा ज्यान गुमाउने दैलेखको महावु गाँउपालका वडा नं -६ रानिवनका भाइ सुजन रावत र अछाम जिल्लाका चौरपार्टी गाँउपालिका वडा नं -१ का विरेन्द्र शाहले ज्यान गुमाएका थिए ।
सांसद रानाले नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको जारि बैठकमा घरपरिवारलाइ उचित क्षतिपूर्ति दिन र घटनाको सत्यतथ्य छानविन गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ ।
प्रतिक्रिया