बालकुमारी घटनाको सत्यतथ्य छानविन गर्न पिडित पक्ष सहितको छनविन समिति

बालकुमारी घटनाको सत्यतथ्य छानविन गर्न पिडित पक्ष सहितको छनविन समिति

काठमाडौँ –  शुक्रवार काठमााडौँमा घटेको बालकुमारी घटनाको सत्यतथ्य छानविनका लागि दैलेख र अछाम जिल्लाको पिडित पक्ष र प्रतिनिधि सभा सदस्य सहितको छानविन समिति गठन गरिएको छ । शनिवार साँझ प्रधानमन्त्री निजि निवास बालुवाटारमा छलफल गरि उक्त समिति गठन गरिएको हो ।

 घटनाको छानविन समिति न्यापूर्ण तरिकाले गठन गर्दै पिडितलाई न्याय दिलाइयोस भन्दै सयुक्त माग सहित विज्ञप्ति समेत पेश गरिएको छ ।

छानविन समितिमा पिडितको पक्षबाट टेक बहादुर कटुवाल मृतक सुजन रावतका मामा, मृतक बिरेन्द्र शाहका बुबा टेकबहादु शाह , अमर बहादुर थापा प्रतिनिधि सभा सांसद दैलेख, दिक्पाल कुमार शाही प्रतिनिधि सभा सांसद दैलेख, सिता कुमारी राना प्रतिनिधि सभा सांसद दैलेख, रहनुभएको छ । 

त्यस्तै पुष्प बहादुर शाह प्रतिनिधि सभा सांसद अछाम, शेर बहादुर कुवँर प्रतिनिधि सभा सांसद अछाम, दिपा कुमारी शाह प्रतिनिधिसभा सांसद बाँके, कुल बहादुर कुवँर पुर्व नगरप्रमुख अछाम साँफेबगर रहनुभएको छ । 

प्रतिक्रिया