'शैक्षिक सामाग्रिले बालबालिकाको पढाइमा रुचि बढायो'
फेरिए कक्षा कोठा र बालबालिका
सुर्खेत – ठाटीकाँध गाउँपालिका ६ थापाटोलका अनिस बुढा र सुस्मिता थापा बालविकासमा अध्यनत विद्यार्थी हुन । पहिले विद्यालय पुगेपनि कक्षा कोठामा बस्न त्यति रुचि नलाग्ने उनीहरु अहिले कक्षाकोठाबाट बाहिर निस्किदैनन् । पहिले विद्यालयमा पुगेर कक्षा कोठाभित्र पस्ने बित्तिकै बाहिर निस्किन रुचाउँने उनीहरुको अहिले कक्षाकोठामा प्रवेश गरिसकेपछि बाहिर निस्किन मन नलाग्ने गरेको बताउँछन् । अनिस र सुस्मिता मात्र नभएर सबैजना कक्षाकोठामै उत्साहित हुँदै पढ्न थालेका छन् । पहिले शिक्षक शिक्षिकालाई विभिन्न कुराको बाहाना बनाउँदै घरि घरि बाहिर जान्छु भन्दै हैरान गरेका बालबालिका अहिले हत्तपत्त बाहिर निस्किदैनन् ।
अहिले यहाँका बालकालिकामा परिर्वतन आएको छ । परिर्वतन हुनुको कारण हो विद्यालयको कक्षाकोठाभित्र शैक्षिक सामाग्री निर्माण । स्थानीय स्तरमा खेर गइरहेका पैसा नलाग्नेर कम पैसा लाग्ने सामाग्रिबाट सोसेक नेपालले शैक्षिक सामाग्री निर्माण तालिम दिएपछि परिर्वतन आएको छ ।
स्थानीय स्तरमा भएका स्रोतसाधनको उपयोग गरेर विद्यालयमा चार दिने शैक्षिक सामाग्रि निर्माण तालिम दिएपछि कक्षा कोठाभरि विभिन्न आर्कषक चित्र सहितका सामाग्रि राखिएको छ । जस्ले बालकालिका उत्साहित हुँदै पढ्न हौसिएको जन आधारभूत विद्यालय थापाटोलका प्रधानाध्यापक पानसरा थापा बताउनुहुन्छ ।
शैक्षिक सामाग्री निर्माण पश्चात् बालबालिकाको सिकाईलाई प्रभावकारी बनाउन जन्मदिनको पात्रो उपयोगी भएको थापाले बताउनुभयो । कुन बालबालिकाको जन्मदिन कहिले पर्छ भन्ने कुराको जानकारी हुन्छ',उहाँले भन्नुभयो, 'बालबालिकालाई पढाईमा रुचि नभएका बेला खेलको माध्यमबाट उनीहरुलाई जन्मदिन मनाउन सकिन्छ । त्यतिखेर बालबालिका असाध्यै रमाउने गर्दछन् । विद्यालयमा जन्मदिन मनाउँदा बालबालिकालाई विद्यालय पनि आफ्नै परिवार जस्तो महसुस हुने गरेको छ ।’
पहिले विद्यालयमा आर्कषक सामाग्री पनि नभएको र स्थानीय स्तरमा खेर गइरहेको सामाग्रिबारे आफूहरु अनविज्ञ भएको प्रधानाध्यापक थापा बताउनुहुन्छ । स्थानीय स्तरमा खेर गइरहेको सामाग्रिबाट पनि थोरै लगानीमा आर्कषक र उत्साहित बनाउने सामाग्रि निर्माण गर्न सकिने रहेछ’,उहाँले भन्नुभयो, ‘अहिले चार दिनको तालिममा त्यही सामाग्रि निर्माण पश्चात् बालबालिकामा परिर्वतन आएको छ । पहिले पढ्न रुचि नलगाउने बालबालिका अहिले पढ्नमा रुचि लगाउन थालेका छ ।’
पहिले घोकाएर र कण्ठ गराएर गराउँदा पनि बालबालिका पढ्न सक्दैन थिए तर,अहिले चित्रका आधारमा पढ्न उत्साहित भएको उहाँ बताउनुहुन्छ । सोसेक नेपालले पहिलेबाटै हामीलाई धेरै सहयोग गर्दै आएको र अहिले पनि राम्रो सहयोग भएको छ’,उहाँले भन्नुभयो, ‘विद्यार्थीले हेरेरै सिक्ने रहेछन् बालविकासमा मात्र नभएर पाँचसम्म भएको भए झनै राम्रो हुने थियो सकेको सहयोग विद्यालयको तर्फबँट गर्न तयार छौँ ।’
त्यस्तै सोही विद्यालयमा अध्यापन गर्दै आउनुभएका शिक्षक कर्ण थापाले पहिले घोकाएर कण्ठ गराएर गर्ने हुन्थ्यो तर, बुझिन्थेन बालबालिका बुझ्न नसक्ने बताउनुभयो । अहिले शैक्षिक सामाग्रि विद्यालयमै निर्माण गरेपछि बालबालिका सहजै रुपमा सिक्न थालेका छन्’,उहाँले भन्नुभयो, ‘पहिले जति पढाएपनि नबुझ्ने बालकालिका अहिले सहजै बुझछन् । पहिले घोकाएर पढाउनुपथ्र्यो तर अहिले त्यो समय बद्लिएको छ । बालबालिका आफै पढ्न उत्साहित छन् ।’
पहिले स्थानीय स्तरमा स्रोतसाधन भएको तर, प्रयोग गर्न नजान्दा खेर खेर गइरहेको रहेछ’,उहाँले भन्नुभयो, ‘सोसेक नेपालले विद्यालयमै चार दिने शैक्षिक सामाग्रि निर्माण सम्बन्धी निर्माण तालिम लिएपछि सहजै स्थानीय स्रोत साधनको उपयोग गर्ने बारे जानकारी पायौँ ।’
आफ्नै घरवरिपरि र समुदायमा पाईने स्थानीय सामग्रीको नामबाट शैक्षिक सामग्री निर्माण गर्दा बालबालिकाहरुलाई शब्दहरु स्मरण गर्न सहज हुने गरेको भवानी माध्यामिक विद्यालयकी कक्षा शिक्षक राजुकुमारी शाही बताउनुहुन्छ । कम मूल्यमा स्थानीय सामग्री निर्माण गर्न सकिन्छ जुन बाह्य बाट खरिद गर्दा महँगो हुन्छ',उहाँले भन्नुभयो, 'बाँसको घना, सल्लाको सिउँता, ढुङ्गा, माटो, बालुवा, कागज, रुखका बोक्रा, काठका टुक्रा, अन्न, हलो जुवा आदि प्रयोग गरि सामग्री निर्माण गर्दा विद्यालयको धेरै खर्चलाई बचत गर्न सकिने रहेछ ।’
स्थानीय स्तरमा भएका बस्तुहरु मकैको खोया, काठ, ढुंगा, कागजका टुक्राहरु, सल्लाको सिउँता लगायतका सामाग्रिहरुबाट शैक्षिक सामाग्रि निर्माण गरिएको सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजनामा कार्यरत सामाजिक परिचालक मनसरा बिष्ट बताउनुहुन्छ । उहाँका अनुसार जनआधारभूत विद्यालय थापाटोलमा अहिले १५७ जना बालबालिका अध्यनरत छन् ।
स्थानीय स्तरमै भएको सामाग्रिको थोरै लगानीमा आर्कषक सामाग्रि बनेको देखेर जनता आधारभूत विद्यालय पीपल चौताराका प्रधानाध्यापक किशोर थापा छक्क पर्नुभयो । लौ स्थानीय स्तरमै यस्तो गज्जबको शैक्षिक सामाग्री निर्माण गर्न सकिदो रहेछ हामीलाई थाहै नभएर मात्र रहेछ’,उहाँले भन्नुभयो, ‘सबै सामाग्री हाम्रा वरिपरि नै पाइदो रहेछ नजाने नसिकेर रहेछ तालिम पश्चात् अब हामी आफै तयार गर्नेछौँ ।’
सोसेक नेपालले दिएको तीनदिने शैक्षिक सामाग्रि निर्माण तालिमले हामी हौसिएका छौँ’,उहाँले भन्नुभयो, ‘हामी अब शैक्षिक सामाग्री आफै निर्माण गर्न सुरु गछौँ नजानेकोे कुराहरु सोसेक नेपालले पुन सहयोगको अपेक्षा छ ।’
जनता आधारभूत विद्यालय पीपलचौतारामा अहिले ७९ जना बालबालिका अध्यनरत रहेका छन् । कार्यक्रम आयोजना गरेकोमा सोसेक नेपाल समन्वयका लागि ठाटीकाँध गाउँपालिकाले शैक्षिक सुधारका लागि ठुलो भूमिका खेलेकोमा विद्यालयका प्रधानाध्यापहरुले धन्यवाद समेत दिनुभएको छ । आगामी दिनहरुम पनि ठाटीकाँध गाउँपालिकाभित्र रहेका विद्यालयहरुको शैक्षिक सुधारका लागि गाउँपालिकाले महत्वपुर्ण भूमिका खेल्ने अपेक्षा रहेको उहाँहरु बताउनहुन्छ ।
शैक्षिक सामाग्री निर्माणमा दैलेखबाट पुर्ण बहादुर महतरा, सुमित्रा सारु, निर्मल अधिकारी, जीवराज रेग्मी, मनसरा विष्ट लगायत सहकार्य परियोजना ठाटीकाँधमा कार्यरत अन्य कर्मचारी र विद्यालयका प्रधानाध्यापक, शिक्षकको सहभागिता रहेको थियो । सोसेक नेपाल र समन्वयका लागि ठाटीकाँध गाउँपालिकाले शैक्षिक सुधारका लागि ठुलो काम गरेकोमा धन्यवाद समेत दिनुभयो ।
बालबालिकालाई पहिले पढाउदा बालकालिकालाई सिकाई प्रभावकारी हुने देखियो । पहिले बालकालिकालाई कन्टोल गर्न गाह्रो हुन्थ्यो । बालबालिकालाई पहिले बाहिर जान विभिन्न कुराको बाहाना बनाउथे अहिले शैक्षिक सामाग्री बाहिर जान मान्दैनन् । निकै उत्साहित छन् । सिकाइ प्रभावकारी भइरहेको बताइएको छ ।
एइ आई एन लक्जेम्बर्गको साझेदारी ठाटीकाँध गाउँपालिकाको समन्वयमा सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना अन्र्तगत ठाटीकाँधमा विद्यालयहरुमा शैक्षिक सामाग्री निर्माण सम्बन्धि तालिम संचालन भइरहेको सहकार्य परियोजना संयोजक जीवराज रेग्मीले बताउनुभयो ।
ठाटीकाँध गाउँपालिका -२ स्थित जनता आधारभूत विद्यालय पीपलचौतारा र ठाटीकाँध -६ थापाटोलस्थित जन आधारभूत विद्यालय थापाटोल र ठाटीकाध गाउँपलिका -३ बाहाकोट स्थित भवानी माध्यामिक विद्यालयमा शैक्षिक सामाग्री निर्माण सम्बन्धि कार्यशाला सम्पन्न भइसकेको रेग्मीले बताउनुभयो । उहाँका अनुसार शैक्षिक सामाग्रि सम्बन्धि कार्यशाला ठाटीकाँधका १० वटा विद्यालयमा माघसम्म गर्ने बताउनुभयो ।
विद्यालयमा (नो कस्ट र लो कष्ट) सामाग्री हुन्छ । पैसा नलाग्ने र थोरै पैसा लाग्ने शैक्षिक सामाग्री निर्माण गर्ने हो’,उहाँले भन्नुभयो, ‘स्थानीय स्तरमा प्रयोग भएका बस्तुहरुलाई पुन प्रयोग गरेर सामाग्रि बनाउने र कक्षाकोठामा राख्ने हो । बालविकास केन्द्रहरुमा कागजको प्रयोग गरेर क,ख र कागजकै अंकहरु बनाउने हुन्छ । शिक्षकहरु नभएका बेला पनि ति चित्रहरु हेरेर बालबालिकाले पढ्न सकुन भन्ने उद्धेश्य हो ।’
प्रतिक्रिया