शैक्षिक सामग्रीले बालबालिकाको पढाईमा रुचि जगायो
निर्मल अधिकारी
दैलेख – दैलेखको ठाटिकाँध गाउपालिका वडा नं ६ स्थित जन आधारभूत विद्यालयको बालविकास केन्द्र देखि कक्षा ३ सम्म अध्ययन गर्ने बालबालिकाहरुको लागि शैक्षिक सामग्रीहरुको अभाव थियो । कक्षा कोठाका भित्ताहरु खाली थिए । बालबालिकाहरुलाई अध्ययन गर्नको लागि उपयुक्त शैक्षिक सामग्रीहरु पनि थिएनन् ।
शैक्षिक सामग्रीको अभावमा नत बालबालिका कक्षा कोठामा बस्न मन गर्थे नत शिक्षकहरुलाई अध्यापन गर्न सहज थियो ।
प्रवचन विधिको प्रयोग गरी अध्यापन गर्दा ति साना बालबालिकाहरुलाई पढाई प्रति पटक्कै रुचि थिएन् । उनीहरु कक्षामा दिन भरी बस्न मन गर्दैन्थे । बालबालिकाहरुमा कक्षा छोडेर जाने, पढाईप्रति रुचि नजागाउने र समयमा विद्यालय नआउने जस्ता समस्याहरु थिए ।
सोसेक नेपालको सहकार्य परियोजनाले बालबालिकालाई पढाईप्रति रुचि जगाउनका लागि स्थानीय सीप, श्रोत र साधनको प्रयोग गरि शैक्षिक सामग्री निर्माण गर्नमा सहयोग ग¥यो ।
बजारबाट खरिद गरिएका सामाग्रीहरुलाई विस्थापित गर्दै बालबालिकाको रुचि अनुसारका स्थानीय सीप, श्रोत र साधनको प्रयोग गरि शैक्षिक सामग्री निर्माण गरियो । सबै कक्षा कोठाहरु झिलीमिली भए । पहिला देख्दा डरलाग्ने भित्ताहरुप्रति बालबालिकाहरुको आकर्षण बढन् थाल्यो । उनीहरुले पालैपालो भित्तामा राखिएका सन्देशमुलक चित्रहरु पढ्न शुरुवात गरे जस्ले गर्दा नयाँ नयाँ विषयवस्तुको जानकारी पाउने अवसर प्राप्त भयो ।
अहिले विद्यालयमा ६ वटा सिकाई कुना निर्माण तथा सामग्री व्यवस्थापन गरिएको छ । स्वर वर्ण, व्यञ्जन वर्ण, अँक तालिका, अंग्रेजी अल्फावेट, जन्म दिनको पात्रो, विभिन्न ज्यामितिय आकारहरु, मौसमी चार्ट, हप्ता तथा महिनाका नाम, बाल गित, क्रियात्मक शब्द लगाएतका सामागीहरु निर्माण गरिएको जन आधारभूत विद्यालयका प्रधानध्यापक पानसरा थापाले बताउनुभयो । उहाँले भन्नुभयो, सिर्जनात्मक विधिबाट तयार गरिएका शैक्षिक सामग्रीमा बालबालिकाको रुचि बढदो रहेछ । हेर्दा बालबालिकालाई रमाईलो लाग्ने र पढाईप्रति रुचि जगाउन सहज हुने भएकाले विद्यालयमा शैक्षिक सामग्रीको निर्माण अति आवश्यक भएको थापाको भनाई थियो ।
बालबालिकाको सिकाईलाई प्रभावकारी बनाउन जन्मदिनको पात्रो उपयोगी भएको थापाले बताउनुभयो । उहाँले भन्नुभयो, कुन बालबालिकाको जन्मदिन कहिले पर्छ भन्ने कुराको जानकारी हुन्छ । बालबालिकालाई पढाईमा रुचि नभएका बेला खेलको माध्यमबाट उनीहरुलाई जन्मदिन मनाउन सकिन्छ । त्यतिखेर बालबालिका असाध्य रमाउने गर्दछन् । विद्यालयमा जन्मदिन मनाउदा बालबालिकालाई विद्यालय पनि आफनै परिवार जस्तो महसुस हुने गरेको उहाँको भनाई थियो ।
आफनै घरवरिपरि र समुदायमा पाईने स्थानीय सामग्रीको नामबाट शैक्षिक सामग्री निर्माण गर्दा बालबालिकाहरुलाई शब्दहरु स्मरण गर्न सहज हुने गरेको भवानी माध्यामिक विद्यालयकी कक्षा शिक्षक राजुकुमारी शाहीको भनाई थियो । उहाँले भन्नुभयो, कम मूल्यमा स्थानीय सामग्री निर्माण गर्न सकिन्छ जुन बाह्य बाट खरिद गर्दा महँगो हुन्छ । बासको लठठी, सल्लाको सिम्टा, ढुगाँ, माटो, बालुवा, कागज, रुखका बोक्रा, काठका टुक्रा, अन्न, हलो जुवा आदि प्रयोग गरि सामग्री निर्माण गर्दा विद्यालयको धेरै खर्चलाई बचत गर्न सकिने उहाँको भनाई थियो ।
विषय वस्तु अनुसारका सामग्री निर्माण गर्दा बालबालिकाहरु छिटो बुझने गरेको जनता आधारभूत विद्यालयका प्रधानध्यापक किशोर थापाले बताउनुभयो ।
अहिले ठाटिकाँधका तिन वटा विद्यालयमा शैक्षिक सामग्री निर्माण गरिएको सोसेक नेपालद्धारा ठाटीकाँधमा संचालित सहकार्य परियोजना संयोजक जिवराज रेग्मीले बताउनुभयो । स्थानीय तहका सबै विद्यालयमा शैक्षिक सामग्री निर्माण गरिने रेग्मीको भनाई थियो ।
प्रतिक्रिया