युवा मारिएकाे बिराेधमा प्रदर्शन

युवा मारिएकाे बिराेधमा प्रदर्शन

नरोजकारीका लागि कोरिया जान इपीएस आवेदन विवादमा युवाहरुले गरेको प्रदर्शनको क्रममा प्रहरीको गोलीबाट ज्यान गुमाएका दैलेखका सुदन रावत र अछाम बीरन्द्र शाहको मारिएको बिरोधमा दैलेखमा चक्काजाम र बजार बन्द प्रदर्शन भएको छ । 

स्थानीय युबा र स्थानीयहरुले सोमबार दिउँसो २ बजेदेखि चक्काजाम र बजार बन्द गर्दै प्रदर्सन गरेका हुन् । स्थानीयले शनिबार र आइतवार पनि प्रदर्शनसंगै दैलेखमा सवारी साधन र बजार बन्द गराएका थिए । प्रदर्शनको क्रममा टायर बालेर सरकार बिरुद्ध नाराबाजी समेत गरेका थिए ।

प्रतिक्रिया