प्रदर्शन रोक्न पीडित परिवारसंग सहमति

प्रदर्शन रोक्न पीडित परिवारसंग सहमति

काठमाण्डौ – कोरिया रोजगारको लागि आवेदन भर्ने विषयको विवादमा युवाहरुले गरेको प्रदर्शनमा ज्यान गुमाएका दैलेखका सुदन रावत र अछामका बीरेन्द्र शाहको मृत्यू घटनालाई लिएर भइरहेको प्रदर्शन रोक्न पीडित परिवारसंग सहमति भएको छ । 

मृतकका परिवार र सरकार पक्षबीच चार बुँदे सहमति मृतक युवाहरुलाई शहीद घोषणाका लागि पहल गर्ने, मृतक परिवारका एक÷एक जना सदस्यलाई रोजगारी दिने, शव सम्वन्धित जिल्लासम्म पठाइदिने र उचित राहत सहयोग दिने सहमति भएको हो ।

उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयको सहसचिव उमाकान्त अधिकारी र मृतकका आफन्तहरु बीरेन्द्रका बुबा टेकबहादुर शाह तथा सुदनका मामा टेकबहादुर कटुवालले सहमति पत्रमा दस्तखत गर्नुभएको छ । 

शुक्रवार ललितपुरको बालकुमारीमा रहेको ईपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दुई जनाको ज्यान गएको थियो । 

प्रतिक्रिया