दैलेखका सुजनको श्रीस्थानमा अन्त्येष्टि

दैलेखका सुजनको श्रीस्थानमा अन्त्येष्टि आर्यघाटमा सुजन जलेकाे टुलुटुलु हेर्दै भाई सौरभ

दैलेख – ललितपुरको बालकुमारी घटनामा ज्यान गुमाएका दैलेखका सुजन रावतको आज मंगलबार अन्त्येष्टि गरिएको छ । सुर्खेतसम्म हवाईजहाज र सुर्खेतदेखि हेलिकप्टरमा सदरमुकाम ल्याइएपछि हिन्दू धार्मिक परम्परा अनुसार श्रीस्थानमा अन्त्यष्टि गरिएको हो ।  

नेपाली सेनाको हेलिकप्टरले मंगलबार दिउँसो दैलेखस्थि कालिदत्त गुल्ममा शव पु¥याए लगत गुल्मको गेटदेखि तीन सय मीटर दूरीमा रहेको सुजनको घरमा पु¥याए लगतै शवयात्रा शुरु गरी छ किलोमीटर टाढा श्रीस्थानस्थित आर्यघाटमा दाहसँस्कार गरिएको थियो । 

कोरिया रोजगारको लागि आवेदन भर्ने विषयको विवादमा युवाहरुले गरेको प्रदर्शनमा ज्यान गुमाएका दैलेखका सुजन र अछामका बीरेन्द्र शाहका परिवारजनसंग नेपाल सरकारले सोमबार गरेको सहमतिपछि परिवारजनले मंगलबार नै काठमाण्डौंमा शव बुझेका थिए । 

मृतकका परिवार र सरकार पक्षबीच चार बुँदे सहमति मृतक युवाहरुलाई शहीद घोषणाका लागि पहल गर्ने, मृतक परिवारका एक÷एक जना सदस्यलाई रोजगारी दिने, शव सम्वन्धित जिल्लासम्म पठाइदिने र उचित राहत सहयोग दिने सहमति भएको थियो । 

तेह्र महिना अघि बुबा भक्तबहादुर रावत ४७ वर्षको उमेरमा मृत्यूपछि विधवा आमा नन्दा रावत (४६), दिदी झरना (२३) र भाई सौरभ (१४)को भरोसाको खम्बा ठानिएको सुजनको २१ वर्षको कल्कलाउँदो उमेरमा रोजगारीको खोजीको क्रममा प्रहरीको गोलीबाट मृत्यू भएको थियो । सुजनसंगै उक्त घटनामा अछामका बीरेन्द्र शाहको पनि ज्यान गएको थियो । 
 

प्रतिक्रिया