रुस र युक्रेनका लागि श्रम स्वीकृति रोक

रुस र युक्रेनका लागि श्रम स्वीकृति रोक

काठमाण्डौ – युद्धग्रस्त देश रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृति हाललाई नेपाल सरकारले रोक लगाएको छ । युद्ध भइरहेकाले तत्कालका लागि श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

वैदेशिक रोजगार विभागले बिहीवार एउटा सूचना निकालेर यी वटा दुई देशमा वैदेशिक रोजगारीका लागि दिँदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको जनाएको हो ।

रुस–युक्रेनबीचको युद्धमा रुसी फौजमा भर्ना भएका  १० भन्दा बढी नेपालीको ज्यान गएको खबर आइरहेको समयमा श्रम स्वीकृति रोक लगाएको हो । रुसी फौजमा भर्ना भएका एक सय जना सम्पर्क विहीन रहेका परराष्ट्र मन्त्रालय जानकारी दिएको छ ।

प्रतिक्रिया