आजको मौसम : उच्च भू-भागमा हिमपातको सम्भावना
काठमाडौँ - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावस्वरुप यतिबेला देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ। तराईका धेरै स्थानलाई यतिबेला हुस्सु र कुहिरोले ढाकेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एक९दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
शुक्रबार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहनेछ। देशका बाँकी भू-भागको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
आज राति कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ। त्यस्तै राति कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
शनिबार पनि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू९भागमा आंशिक बदली भएर उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना छ।
प्रतिक्रिया