उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम

उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण कार्यक्रम

सल्यान -  सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा आ.व २०८०/ ८१ मा पालिका भित्र कार्यान्वयन हुने आयोजनाका उपभोक्ता समितिका पदाधिकारीहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।  पुस  १६ गते देखि  सुरु भएको अभिमुखीकरण बिहीबार वडा न १० कुटिचौरमा सम्पन्न भएको छ । प्रत्येक वडामा पुगेर उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरूलाई पुस २० गतेसम्म अभिमुखीकरण गरिने पालिकाले जनाएको छ । 

योजना सम्झौता र भुक्तानी गर्दा उपभोक्ता समितिका पदाधिकारीलाई दुख नपाउने उद्देश्य यो अभिमुख कारण कार्यक्रम गरिएको नगर उप प्रमुख तथा अनुगमन समितिका प्रमुख पुरुषोत्तम आचार्यले बताउनु भयो  । काम गर्न सक्ने हैसियत भएका र लाभग्राहीलाई नै समिति हुनु पर्ने त्यसरी नै आएको बताउनु भएको छ ।आफ्नो सम्पत्तिको माया ममता हुने भएकोले नै लाभ ग्राही नै समितिमा बसेमा श्रमदान गर्न सहज हुने समेत बताउनु भएको छ । योजना सम्झौता गर्दा हस्तान्तरण गरे अनुसार काम गर्न अनुरोध गर्नु भएको छ नबुझेको खण्डमा प्राविधिकको साहायताले काम गर्न अनुरोध समेत गर्नु भएको छ । अनुगमन गर्दा विशेष ध्यान दिइने भएको हुँदा उपभोक्ता समितिहरूलाई गुणस्तरीय काम गर्न सुझाव दिनुभएको थियो । 

वार्षिक कार्यक्रम कसरी गुणस्तरीय बनाउने र कसरी उपभोक्ताहरूलाई छिटोछरितो दुख नभएर बजेट भुक्तानी गर्ने भन्ने सोच भएको र अहिले हामी छिटै काम भएको समयमा कार्यालयमा आएको दिन नै भुक्तानी दिने प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्तीले बताउनु भएको छ । असारमा हुने भुक्तानी समेत रोकेर काम सक्न बित्तिकै आएमा भुक्तानी समेत दिने समेत बताउनु भएको छ । असार सिस्टम नचलेर समस्या हुने भएकोले चाहेर पनि भुक्तानी दिन नसकिने भएकोले समयमा नै काम सक्न अनुरोध गर्नु भएको छ ।

 नगरपालिका बाट पाउने १३ प्रतिशत भ्याट सिधै सरकारको खातामा पठाउने समेत बताउनु भएको छ । व्यवसायीलाई नदिन अनुरोध गर्नु भएको छ । अन्य सामाग्रीको एक प्रतिशत कर काटिने समेत बताउनुभएको छ । आफू कार्यालय प्रमुख भए देखि भुक्तानी धेरै सहजीकरण गरिएको र त्यसलाई अझै सहज गराउने समेत बताउनुभएको छ । विगत भन्दा छिटोछरितो बनाउने समेत बताउनु भएको छ । फिल्ड बाट नै कागजात सबै मिलाएर ल्याएमा एक दिनमा नै भुक्तानी गर्ने समेत बताउनुभएको छ । 

 लेखा अधिकृत दिनेश भण्डारीले भन्नू भयो विगतमा चेक दिने चलनबाट अहिले सिधै उपभोक्ता समितिको खातामा पठाइदिने भएको र विगतका जस्तो बाटोमा चेक हराउने समस्या बाट बचिएको बताउनुभएको छ ।

कागजमा पैसा साटिने भएकोले काम गर्दा ल्याएको आवश्यक कागजातहरू सुरक्षित राखेर लेखा शाखामा ल्याउन समेत अनुरोध गर्नु भएको छ । विभिन्न काम गर्दा विल भरपाई तथा डोरा हाजिरी  किर्ते हस्तान्तरण गर्ने कामलाई समेत नगर्न अनुरोध गर्नु भएको छ । वास्तविक कागजात राखेमा भोलि मुद्दा लाग्ने डर समेत नहुने बताउनुभएको छ । सामान ल्याएका व्यवसायीहरूलाई अहिले उपभोक्ताहरुबाटले कर दिने बन्द गरेर सिधै नगरपालिकाबाट कर काट्ने व्यवस्था भएको समेत सचेत गराउनु भएको छ । इन्जिनियर महेश देवकोटा लागत अनुमान अनुसार काम गर्नु पर्ने र लागत अनुमान भन्दा फरक तरिकाले काम गरिएमा बजेट भुक्तानीमा रोकिने समेत बताउनुभएको छ । 

गाउँ बस्तीहरूमा बजेट कार्यान्वयन गर्नको लागि बनाएको उपभोक्ता समितिहरूको लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ ।योजना  कार्यान्वयन गर्दा आवश्यक पर्ने कागजातहरू जानकारी दिनुको साथै उपभोक्ता समितिमा बस्दा योजना सम्झौता गर्दा र भुक्तानी लिँदा केके कागजातहरू आवश्यक पर्छन् त्यसको लागि आवश्यक पर्ने कागजातहरूको बारेमा योजना अधिकृत धर्मराज ढकालले बताउनुभयो  ।

अभिमुखीकरण कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै योजना अधिकृत धर्मराज ढकालले अभिमुख कारण पश्चात् वडाका आयोजनाहरूको सम्झौता चरण देखि भुक्तानी चरणसम्म देखिने प्रक्रियागत एवं प्राविधिक त्रुटिहरूलाई न्यूनीकरण गर्न सहयोग पुग्ने बताउनुभयो । अभिमुखीकरण कार्यक्रमले उपभोक्ता समितिलाई योजना कार्यान्वयनका विभिन्न चरणमा देखा पर्ने समस्याहरू समाधान हुने विश्वास व्यक्त गर्नुभयो । योजना अधिकृत ढकालले  समिति गठन, योजना सम्झौता, एवं भुक्तानी चरण सम्मका प्रक्रियाहरू, आवश्यक पर्ने कागजातहरू, कानुनी एव नीतिगत विषयहरूमा प्रशिक्षण दिनुभएको थियो  । 

योजना अधिकृत धर्मराज ढकालले  सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता वडा न १० का वडाध्यक्ष मोते घर्ती गर्नुभएको थियो भने प्रमुख अतिथि नगरपालिका उप प्रमुख पुरुषोत्तम आचार्य, प्रमुख प्रशासकीय अधिकृत जगत बहादुर घर्ती, लेखा अधिकृत दिनेश भण्डारी, इन्जिनियर महेश देवकोटा लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया