मैत्री समूह गठन नहुँदा संसदीय कुटनीति कमजोर : सांसद ढकाल
काठमाडौँ - प्रतिनिधि सभा सांसद तथा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य एकनाथ ढकालले संसदीय मैत्री समुहहरु गठनमा ढिलाई हुँदा संसदीय कुटनीति कमजोर भएको बताउनुभएको छ ।
संसदीय कुटनीतिमा संसदले प्रभावकारी भूमिका खेल्नुपर्छ भन्दै ढकालले प्रतिनिधि सभाको बैठकमा पनि आफ्नो धारणा राख्नुभएको थियो । ढकालले केहि समय अघि सभामुख देवराज घिमिरेलाइ समेत भेटि यथासिघ्र संसदीय मैत्री समूह गठन गरि संसदलाई थप क्रियाशील बनाउन आग्रह गर्नुभयो ।
सांसद ढकालले प्रतिनिधि सभाले एक बर्षको कार्यकाल पुरा गर्दा पनि यति सरल विषय समेत ओझेलमा पर्नुले संसद्को इच्छाशक्तिमा प्रश्न उठ्न सक्ने समेत बताउनुभयो । सांसद ढकालले संसदीय मैत्री समूह तुरुन्त गठन गर्न पनि सभामुख संग माग गर्नु भएको छ।
प्रतिक्रिया