कर्णालीमा एमालेका तीन उम्मेदवारले गराए मनोनयन दर्ता

कर्णालीमा एमालेका तीन उम्मेदवारले गराए मनोनयन दर्ता

सुर्खेत –  राष्ट्रियसभाको लागि नेकपा एमाले कर्णाली प्रदेशका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् ।  प्रदेश निर्वाचनको कार्यालयमा पुगेर उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् । 

तीन सिटका लागि कर्णालीमा एमालेले तीनै जना उम्मेदवार खडा गरेको छ । जस अन्तर्गत महिला कोटाबाट हुम्लाकी विमलाकुमारी शाही अन्यबाट मुगुका  डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विक उम्मेदवार बनेका छन् । 

उम्मेदवारी दर्ता गर्न जाँदा स्थायि कमिटी सदस्य यामलाल कँडेल, प्रदेश अध्यक्ष गुलाबग शाहदेखि प्रदेश स्तरिय सबै नेताहरु निर्वाचनको कार्यालयमा पुगेका थिए ।

सत्तारुढ गठबन्धन एकातिर र एमाले अर्कोतिर हुँदा कर्णालीमा एमालेको मतभार संख्या कमजोर रहेको छ ।

प्रतिक्रिया