आजको मौसम : उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

आजको मौसम  : उच्च पहाडी तथा हिमाली भेगमा हिमपात

काठमाण्डौ –   काठमाण्डौ उपत्यकासहित देशका पहाडी भेगको मौसम आज सामान्यतया सफा रहेको छ । तराईका धेरै ठाउँमा भने बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर तापक्रम घट्ने क्रममा छ । उच्च पहाडी तथा हिमाली भेगमा केहीदिनदेखि हिमपात भइरहेका कारण देशभर चिसो बढेको मौसमविद् सञ्जीव अधिकारीले बताउनुभयो ।

जुम्ला, जोमसोम र जिरीको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसभन्दा पनि तल माइनसमा पुगेको उहाँले बताउनुभयो । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ५, जिरीको माइनस शून्य दशमलव ६ र जोमसोमको न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्री सेल्सियससम्म मापन भएको छ ।

आज पनि कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको अधिकारीले बताउनुभयो । यस्तै, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रहे पनि तत्काल वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया