कोशी प्रदेशसभाको सभामुखमा विष्ट निर्विरोध

कोशी प्रदेशसभाको सभामुखमा विष्ट निर्विरोध

काठमाण्डौ – छ महिना अघिदेखि रिक्त कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका साँसद अम्बरबहादुर विष्ट मंगलबार निर्विरोध निर्वाचित हुनुभएको छ ।

विष्टको मात्र उम्मेदवारी परेकोले मंगलबार बसेको प्रदेश सभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । उहाँको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र समर्थकमा प्रेमराज थाम्सुहाङ रहेका थिए ।​​

गत साउन १६ गते बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएपछि यो पद रिक्त रहेको थियो । त्यसबेला गठबन्धन दलहरुको सरकार बनाउन सभामुखले राजीनामा दिंदा सहज हुने बिश्लेषणका आधारमा कोशी प्रदेशसभामा गौतमले राजीनामा दिनुभएको थियो । 

प्रतिक्रिया