राष्ट्रियसभा निर्वाचनमा समन्वय गर्न समन्वय समिति
काठमाडौं - राष्ट्रियसभा निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले समन्वय समिति बनाएको छ । मंगलबार साँझ बसेको गठबन्धन बैठकले नेपाली कांग्रेसका रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र जसपाका मनिष सुमन रहेको समन्वय समिति बनाएको हो ।
‘यो समितिले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १९ जना सबै उम्मेदवारलाई विजयी गराउन समन्वय गर्छ’ जसपा प्रवक्ता सुमनले भन्नुभयो । उहाँका अनुसार समितिको पहिलो बैठक भोलि बुधबार २ बजे सिंहदरबारमा बस्ने र थप रणनीति तय गर्नेछ ।
सात वटा प्रदेशका राजधानीलाई निर्वाचन अधिकृत कार्यालयसंगै मतदान केन्द्र रहने राष्ट्रियसभा सदस्य निर्वाचन लागि प्रदेशसभाका सदस्यहरु र पालिका प्रमुख तथा उपप्रमुखहरु मतदाता रहने संवैधानिक व्यवस्था छ । गठबन्धन र एमालेबीच प्रतिस्पर्धामा गठबन्धनमा इमान्दारिता रहँदा गठनबन्धनले सबै १९ वटै सीट जित्ने निश्चित छ ।
प्रतिक्रिया