व्यक्तिगत जीवनका कुरा सधैँ व्यक्तिगत नहुँदा रहेछन्
परिवारका कुरा परिवार भित्रै अटाउन नसकिने दिन पनि आउँदो रहेछ । तपाईलाई कसैले पागल, चरित्रहिन भन्दा कस्तो महसुस हुन्छ ? म आफ्नै परिवारबाट पागल र चरित्र हिन प्रमाणित भएककी छु ।लाज पचेकी आईमाई को दर्जा पाएकी छु । केहि हद सम्म मेरो काम र पेशाले सार्बजनिक मान्छे पनि हुँ तर म आज बिबस छु ब्यतिगत जिवनलाई सार्वजनिक गर्न । केहिलाई लाग्ला म एकल निरिह र बिचरा नारी हुँ तर धेरैलाई थाहा छ ।
एमएड, बिएड सम्मको अध्ययन पुरा गरेको शिक्षित र सक्षम महिला हुँ । मैले २१ बर्ष देखि काठमाडौँका विभिन्न कलेज ,स्कुलमा सामाजिक शिक्षकको रूपमा शिक्षक गरेको छु । आधारशीला कलेजकमा स्नातक तहमा ७ बर्ष देखि संयोजक र समाजकार्य विषयको प्राध्यापन कार्य गरेको छु । सडक बाट घर सामाजिक संस्था मार्फत समाजलाई सकेको योगदान गरेको छु । साहित्यिक र सामाजिक क्षेत्रमा जाने बुझेका बिषयमा लेखहरू लेख्छु । दैलेखको बिकट गाँउमा जन्मिए पनि राजधानीलाई कर्मथलो बनाएर आफ्नै पहिचान बनाएको छु । श्रीमानको मृत्यू पछि शोकलाई शक्तिमा बदल्नु पर्छ भनेर सोचिरहे छोरिलाई बाबा र आमा दुबै बनेर सक्षम बनाए ।
हाल छोरीले क्यानडाको थमसन रिभर यूनिभरसिटि बाट स्नातक तह को अध्ययन पुरा गरि उतै काम गरिरहेकी छन्। परिवार मा सकेको जिम्मेवारी बहन गरे । श्रीमान हुँदा घरकी असल बुहारी म जति सुकै राम्रो बन्छु भने पनि श्रीमान नभए पछि परिवारको लागि म राम्रो मान्छे हुन सकेन । घरमा अनेक बिषयमा बिबाद मनमुटाभ हुन थाल्यो ।सधैंको बिबाद भन्दा कानुन बमोजिम अंश बन्डा गरेर परिवार वाट छुट्न्छिु सोचेर अंश बन्डा गरिपाँउ भनेर काठमान्डौं जिल्ला अदालतमा २०८० बैशाख ५ गते अंश मुद्दा दायर गरे ।
पति दशरथ धिताल लाई गुमाएको आठ बर्ष पछि कानुन बमोजिम अंश बण्डा गरि छुटिन पाउनु मेरो कानुनी अधिकार पनि हो । कानुन बनोजिम मलाई अंश दिनु पर्नेमा मलाई थप २ वटा मुद्दा हालियो । मेरो मुद्दाको प्रति उत्तरमा मेरो परिवारले मेरा स्वर्गिय पति दशरथ धिताल जसले सेभ द चिल्ड्रेन, यूनाईटेड मिसन टु नेपाल, एच डि सि यस लागायतका संस्थामा अधिकृत तहमा रहेर सेवा गर्नुभएको थियो । जो केबल ३ दिन को उच्च रक्तचाप को समस्याले २०७२ अशोज २३ गते कान्तिपुर हस्पिटल नयाँ बानेश्वरमा अकस्मात निधन भयो । जसको उपचारको नाममा ४० हजार मात्र खर्च भएको पनि हस्पिटलको लापरबाहि भयो भन्ने विबाद पछि सो रकम समेत मिनाह गरी छोरीको अध्ययन खर्च समेत हस्पिटलले बेहोरेको थियो । जुन कुरा सम्पुर्ण आफन्त र साथी भाईलाई जानकारी छ ।
उहाँलाई सानै देखि रोगि र बेरोजगार रहेको सधैं घर छोडेर बराल्लिएर हिड्ने गरेको र उहाँको उपचार खर्च २० लाख लागेको र म २०६७ साल देखि मानसिक रोगि भएको र घर छोडेर मनलाग्दो तरिकाले हिडेको भन्ने बेहोरा मात्र लेखिएको मात्र थिएन मलाई पाटन मानसिक अस्पतालमा मानसिक रोगको उपचार गरेको प्रमाणित पत्र पनि संगै पेश गरिएको थियो यो देखेपछि मलाई आकासबाट खसेझैं महशुस भयो ।
तुरून्त पाटन हस्पिटल पुगे कसरी यो पत्र तयार भयो मलाई कुन डाक्टरले के के औषधि दिएर उपचार गर्यो प्रमाण देखाउनुस भने केहि छैन भन्यो त्यस पछि घर त फर्के मन शान्त भएन म कहिल्यै उपचारका लागि नगएको पाटन मानसिक हस्पिटलले किन मलाई मानसिक रोगको उपचार गरेको भनि प्रमाणित गर्यो ? सोचिरहे भोलि पल्ट फेरि एकजना साथि लिएर फेरी गएर निर्देशक संग कुरा बुझ्दा २०६७ साल को ओ पि. डि दर्ता रेकर्डमा मेरो नाम रहेछ त्यहि ओ पि डिको दर्तामा बाहेक मलाई उपचार गराएको प्रमाण छैन ।
ओ पिडि मा कसरी कसरी लेखियो ? हुनत मैले धितालसंग नै बिहे गरे सहि हो तर मलाई याद भएसम्म कहिं कतै सुगिता धिताल लेख्ने गरेको छैन मेरो कुनै पनि औपचारिक परिचय खुल्ने कागजातमा सुगिता धिताल लेखिएको छैन किन त्यहि मानसिक उपचार गरेको भनि लेखिएको दर्तामा सुगिता धिताल छ ? सोधखोज गर्दै गर्दै जादा जानकारी भयो । म सुगिता धिताल हुँ भन्ने मेरो व्यहोरा र हस्ताक्षर भएको निवेदन पेश भएको रहेछ । फेरी सुगिता धिताल असक्त मानसिक रोगि भएको निजलाई औषधि खुवाएर राखिएको र हस्पिटल समेत आउन नसक्ने गरि होस ठेगान नभएको र हस्पिटलले उपचार गरेको प्रमाणित पत्र दिए म एकल महिला भएकोले वडा कार्यलयले मेरो उपचारमा सहयोग गर्ने भएकोले निजको उपचारको प्रमाणित पत्र मलाई नै दिनु भनि मेरो देवर देउरानीले अनुरोध गरि देउरानि बबिताले निजको उपचार गराएको प्रमाणित पत्र पाउ भनि मेरो जेठानि दिदिको मानसिक रोगको उपचार गरेको प्रमाणित पत्र पाँउ भनि देउरानि बबिता बस्नेतले पेस गरेको हस्ताक्षरविनाको निवेदन पेश भएको रहेछ । त्यसैको आधारमा हस्पिटल ले सो प्रमाणित पत्र दिएको रहेछ ।
मलाई असहिय पिडा भयो । आफूमाथि चरम हिंसा भएको महसुस भयो । सहन सकिन ललितपुर जिल्ला प्रहरि परिसर गएरमा जाहेरी दिए । प्रहरीले पारिवारिक कुरा हो छलफल गरि मिलाउ भनेर मेरो देवर र देउरानि लाई बोलायो । तर, उहाँहरू प्रहरीले बोलाउदा उपस्थित हुनुको सट्टा बिना कारण प्रहरी लगाएर धम्कि दिएको र धरपकड गरेको भनि पाटन उच्च अदालतमा निषेधाज्ञाको मुद्दा दर्ता गर्नुभयो । प्रहरीले कृते लिखत तथा गोपनियताको हक हनन् भएको भनि मेरो जाहेरी दर्ता गरि उहाँहरूलाई पक्राउ पुर्जि जारी गर्यो फेरी उहाँहरूले अदालतको अवग्या भयो भन्दै मेरो, मेरो दाई, ललितपुर जिल्ला प्रहरी परिसरका तत्कालिन एस. एस. पि. र बर्तमान डि.एस. पि को नाममा अर्को मुद्दा दायर भयो । अन्तः उहाँहरूको मुद्दा खारेज भयो । पक्रउ पुर्जी जारी भयो ।
निरन्तर घरमा हुने विवाद र कलह पछि गत वैशाख देखि म माइतिमा बस्दै आएको थिएँ । कतिन्जेल माइतिमा बस्नु घरमै जान्छु भनेर फर्किए घर आएपछि परिवारका सदस्यले लाज पचेकि आइमाई भन्दै मेरो चरित्र संग जोडेर अनेकौ लाञ्छना लगाएर र अपशब्द बोल्नु भयो । म संग सहनुको बिकल्प थिएन सहे मनमा लागि रह्यो म कहिलेसम्म यो अपमान सहि रहने ? मेरो माग परिवार समक्ष यहि थियो कि तपाईहरूको कमाई चाहिदैन मेरो र श्रीमानको कमाई अदालत गएर प्रमाणित गरेर अंशबन्डा कानुनि प्रक्रिया पुरा गरेर छुटिन्छु । यहि कुराले सबैलाई असहिय भएको थियो । त्यस कारण नै मलाई पागल र चरित्रहिन भन्दै आउनु भएको थियो ।
बाबा गुमाएको छोरी लाई तिम्रो चाहिदैन उसको बाबा को जति हो प्रमाणित गरेर देऊ भन्ने म आमा कसरी चरित्र हिन । पागल र चरित्रहिन कसरी भए बुझ्न सकिन । घरमा बस्ने सहज वातावरण नदेखे पछि प्रहरीको सहयोग माग्न बाध्य भए । हाल प्रहरीले मेरो देवर र देउरानी लाई पक्रेर जाउलाखेल जिल्ला प्रहरी परिसरमा अनुसन्धान को लागि राखेको छ । मैले सोचेको थिएन मैले पनि अदालत जानु पर्छ प्रहरी गुहार्नु पर्छ भनेर । तर, नसोचेको कुरा गर्नु पर्ने दिन आउँदो रहेछ । मैले यति कठोर निर्णय लिएर आफ्नो देवर देउरानीलाई प्रहरीको थुनामा पठाउँछु सोचेको थिएन । परिस्थिति बस कठोर कदम चाल्न बाध्य भए ।
नजिक बाट मलाई बुझ्ने आफन्त र साथीहरूले मलाई मानसिक रोगी र चरित्रहिन अबस्थामा कहिले कतै देखेको भए सबुद प्रमाण सहित भनिदिनु होला । मेरो माग गलत भए त्यो पनि भन्नु होला ताकी मेरा परिवार सदस्यहरू भनाई प्रमाणित होस यदि उहाँहरूको आरोप सहि भए मैले भोग्नु पर्ने कानुनी कारबाहि भोग्न तयार छु । र म आफुलाई त्यहि रूपमा स्वीकार गर्न सकुँ नत्र भने लापरबाहि पुर्वक झुटा विवरण को उपचार गरेको प्रमाण पत्र तयार गर्ने पाटन मानसिक अस्पताल र मेरो मान हानी हुने मनोबल गिराउने उद्धेश्यले किर्ते कागत तयार गर्ने हरूलाई कानुन बमोजिम हदै सम्मको कारबाहि होस भनेर नेपाल प्रहरी र ललितपुर जिल्ला अदालत समक्ष अनुरोध गर्दछु । साथ र समर्थनको लागि न्याए र कानुन मा विस्वास गर्ने सम्पुर्ण आफन्त प्रियजन हरूलाई अनुरोध गर्छु ।
नेपालमा प्रायः हिंसामा परेर नारीहरूको हत्या वा आत्मा हत्या भई सकेपछि सडकमा उर्लिने चलन छ । म आत्मा सम्मान पुर्वक बाच्न चाहान्छु । सासु , ससुरा र देवरको होईन मात्र मेरा स्वर्गिय पतिले कमाएको सम्पति अदालतमा रित पुर्वक प्रमाणित गरेर लिन चाहान्छु । वृद्ध बाबा आमा (सासु ,ससुरा) प्रति कुनै गुनासो छैन छोराको नासो सम्झिएर मलाई माया गर्नु भएको छ । र मेरो पनि सदैब उहाँहरू प्रति आस्था र सम्मान छ । परिस्थितीले मलाई कठोर बनाए ता पनि उहाँहरू सेवा र सहजता प्रदान गर्न अहिले अप्ठ्यारो पारे पनि भगवानले मलाई त्यो अबसर बाट बञ्चित नगरून् भनेर प्राथना गर्दछु । कसैलाई मैले कसैको सम्पति खोसेको हडपेको महसुस नहोस् । मलाई पनि कसैले मलाई दया देखाएर सम्पति दिएको अनुभुति नहोस् भन्न चाहन्छु । म कानुनको पुर्णतः पालना गरेर अगाडी बढ्न चाहन्छु । बाकि कुरा समयले नै बताउला ।
प्रतिक्रिया