पूर्वडीआईजी शाहलाई तीन वर्षको कैद फैसला

पूर्वडीआईजी शाहलाई तीन वर्षको कैद फैसला

काठमाण्डौ – पूर्वडीआईजी महेशविक्रम शाहलाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले बुधबार तीन वर्षको कैद हुने फैसला गरेको छ । साहित्यकार समेत रहेका शाहलाई तीन वर्ष जेल, १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो र बिगो बराबर रकम जरिवाना तिराउने फैसला भएको हो ।

शाहले क्षेत्रीय तालिम प्रहरी केन्द्र दुधौलीको कार्यालयमा प्रमुख रहेका बेला भ्रष्टाचार गरेको अदालतले ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले भ्रष्टाचार मुद्दाका चार आरोपितमध्ये शाह र नेपाल प्रहरीका पूर्व सई दिपेन्द्र पनेरुलाई पनि तीन वर्ष नै कैद सजाय सुनाएको छ ।

पूर्व सई पनेरुबाट पनि १६ लाख ६९ हजार बिगो र त्यति नै रकम जरिबाना तिराउन फैसला सुनाइएको छ । यही प्रकरणका आरोपितहरू लेखापाल सञ्जीव विशुङ्खे र प्रहरी हवलदार केशवसिंह ऐरीले भने विशेष अदालतले सफाइ दिएको छ । 

नयाँ भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले २०७६ फागुनमा उनीहरुमाथि मुद्दा दायर गरेको थियो । 

प्रतिक्रिया