३४औँ राष्ट्रिय भलिबल प्रतियोगिता : एपीएफलाई हराउँदै पुलिसले जित्यो राष्ट्रिय भलिबलको उपाधि

३४औँ राष्ट्रिय भलिबल प्रतियोगिता : एपीएफलाई हराउँदै पुलिसले जित्यो राष्ट्रिय भलिबलको उपाधि

सुर्खेत –  नेपाल पुलिस क्लबले ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा आज भएको उपाधि भिडन्तमा डिफेन्डिङ च्याम्पियन एपिएफ क्लबलाई हराउँदै पुलिस क्लबले उपाधि जितेको हो ।

पुलिसले ३–१ को सेटमा एपिएफलाई पराजित गरेको हो । पहिलो सेट गुमाएको पुलिसले त्यसपछि भने लगातार तीन सेट नै आफ्नो कब्जामा पा¥यो । प्रतियोगिताको समूह चरणको खेलमा पुलिसलाई पराजित गरेको एपिएफ भने प्रतियोगितामा पहिलोपटक पराजित भयो र उपाधि सुम्पन्न बाध्य भयो ।

पहिलो सेटमा एपिएफले पुलिसलाई २५–२२ ले हराएको थियो । दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै पुलिसले एपिएफलाई २५–१९ ले तथा तेस्रो सेट २५–१८ ले पराजित ग¥यो । चौथो सेट पुलिसले २५–२३ ले जित्यो ।

आजै तेस्रो स्थानका लागि भएको खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३–१ ले पराजित ग¥यो । गत २० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोली सहभागी थिए ।

प्रतिक्रिया