सुजनको परिवारलाई गाउँपालिकाद्वारा ५० हजार सहायता

सुजनको परिवारलाई गाउँपालिकाद्वारा ५० हजार सहायता
सुन्नुहोस्

दैलेख – बालकुमारी घटनामा ज्यान गुमाएका सुजन रावतको परिवारलाई दैलेखको महाबु गाउँपालिकाले ५० हजार सहयोग गरेको छ । आफ्नो गाउँपालिकावासीको पींडामा मानवीय  सहायता गरेको महाबु गाउँपालिकाका कार्यवहाक अध्यक्ष मञ्जूकुमारी पाण्डेले बताउनुभयो । 

सुजनको परिवारलाई यसअघि संघ सरकारले १० लाख र प्रदेश सरकारले दुई लाख रुपैंयाँ राहत सहयोग प्रदान गर्ने निर्णय गरेको थियो । संघ र प्रदेश सरकारले निर्णय गरेको भए पनि पीडित परिवारको निवेदन लिई पठाउने जनाइएको छ । 

पुस १३ गते ललितपुरको बालकुमारीमा रहेको इपीएस कोरिया शाखामा परीक्षा फारम भर्ने विषयमा प्रहरी र आवेदन दिन पुगेकाहरूबीच झडप हुँदा दैलेखका सुजन रावत र अछामका बीरेन्द्र शाहको ज्यान गएको थियो ।

मृतकका परिवार र सरकार पक्षबीच पुस १७ गते चार बुँदे सहमति मृतक युवाहरुलाई शहीद घोषणाका लागि पहल गर्ने, मृतक परिवारका एक/एक जना सदस्यलाई रोजगारी दिने र उचित राहत सहयोग दिने सहमति भएको थियो ।
 

प्रतिक्रिया