बालविवाह रोकथाम सम्वन्धी सचेतना नाटक प्रदर्शन

बालविवाह रोकथाम सम्वन्धी सचेतना नाटक प्रदर्शन

सोसेक नेपाल तथा वल्र्डभिजनको साझेदारीमा सञ्चालित बाल स्पोन्सरसिप परियोजनाले आज भगवतीमाई गाउँपालिकाको मुकाम बेस्तडाबजारमा बालविवाह तथा बालश्रम रोकथाम सम्वन्धी सडक नाटक प्रदर्शन गरिएको छ । 

परियोजना अन्तरगत गठित पालिका स्तरीय बाल सञ्जालले आयोजना गरेको सटक नाटक प्रदर्शनमा गाउँपालिका अध्यक्ष गणेशबहादुर थापा लगायतले बालबालिकाको कलाको प्रशंसा गर्नुभएको थियो । 

बाल स्पोन्सरसीप तथा समावेशी गुणस्तरीय शिक्षा परियोजना संयोजक बासुदेव उपाध्यायले बाल सञ्जालले स्थानीय सवाल छनौट गरी सडक नाटक जस्तै बाल अधिकार र कर्तव्य समेतका विषयमा सचेतना मूलक कार्यक्रम गरिरहेका जानकारी दिनुभयो । 

सडक नाटकमा बालविवाहका कारण पढाई छुटेको, आर्थिक कठिनाईले घरमा पारिवारिक कलह, घरेलु हिंसा हुने गरेको र उनीहरुबाट जन्मेका बालबालिकाहरु बालश्रम गर्न वाध्य भएको ससस्या विषयलाई बालबालिकाहरुले अभिनयमा चित्रण गरेका थिए ।

भगवतीमाई गाउँपालिका–६ वडास्तरीय बाल सञ्जालकी सदस्य मनिषा थापाले समाजमै देखेका समस्याहरु सडक नाटकमा प्रस्तूत गरेको बताउनुभयो । बालबालिका आफैले मौलिक रुपमा कथा लेखन र अभिनय गरेको विषयलाई दर्शकहरुले रुचाएका थिए । 
 

प्रतिक्रिया