स्लो मोसन बाइक प्रतियोगितामा केसीलाई दश हजारको पुरस्कार

स्लो मोसन बाइक प्रतियोगितामा केसीलाई दश हजारको पुरस्कार

दैलेख - सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना अभिबृद्धिका लागि सचेचना अभिबृद्धि गर्न दैलेखमा स्लो मोसन बाइक राइडिङ्ग प्रतियोगिता भएको छ । प्रतियोगितामा घनश्याम केसीले प्रथम भएर १० हजार रुपैंयाँको पुरस्कार जित्नुभएको छ । 

प्रतियोगितामा कृष्ण खत्रीले द्वितीय भई सात हजार, सरोज महताराले तृतीय स्थान प्राप्त गरी पाँच हजार र एक मात्र महिला सहभागी नबिना रावतलाई तीन हजार रुपैंयाँको सान्त्वना पुरस्कार दिइको थियो । 

पाँच सय रुपैंयाँ प्रतिस्पर्धी दर्ता शुल्क लगाइएको प्रतियोगितामा ५७ जनाले नाम दर्ता गराएका र ४८ जनाले मात्र सहभागिता जनाएका थिए । सवारी चालक अनुमतीपत्र, मोटरसाइकल नबिकरण कागजपत्र समेत देखाउनुपर्ने भएपछि नाम दर्ता गराएका प्रतिस्पर्धीहरुले सहभागी हुन पाएनन् । 

सुशासन अभिबृद्धिमा काम गर्दै आएको बास नेपालका दैलेख अध्यक्ष हिक्मत बुढाको अध्यक्षतामा भएको प्रतियोगितामा दैलेखमा प्रमुख जिल्ला अधिकारी खिमराज भूसालले स्लो मोसन बाइक राइडिङ्ग प्रतियोगिताले सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना अभिबृद्धिमा सहयोग पुग्ने बताउनुभयो । 

प्रतिक्रिया