प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फर्किए स्वदेश
काठमाडौँ - चार दिन लामो विदेश भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किनुभएको छ । गएको बुधबार युगान्डा प्रस्थान गरेका प्रचण्ड आइतबार बिहान नौ बजे त्रिभुवन विमास्थलमा अवतरण हुनुभएको हो ।
असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी हुन प्रचण्ड गएको बुधबार युगान्डाको राजधानी कम्पला पुग्नुभएको थियो । युगान्डा भ्रमणको क्रममा उनले विभिन्न देशका सरकार प्रमुखहरुसँग उच्चस्तरीय भेटवार्ता गर्नुकासाथै नाम सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो ।
युगान्डाबाट उहाँ कतारको दोहा हुँदै नेपाल आउनुभएको हो ।
प्रतिक्रिया