विद्यार्थी नेता गुटगत स्वार्थमा नलाग्न सुझाव

विद्यार्थी नेता गुटगत स्वार्थमा नलाग्न सुझाव

दैलेख - नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले विद्यार्थी गुटगत स्वार्थमा नलाग्न सुझाव दिनुभएको छ । आइतबार दैलेखमा अनेरास्ववियूको प्रथम कर्णाली सम्मेलनको उद्घाटन कार्यक्रममा उहाँले भन्नुभयो 'अमुक व्यक्तिको इसारामा कसैको कुण्ठाको सिकार नहुनुहोला ।' 

माथिको रोग तल ल्याउने अनि तल संगठन पद्धतिमा देखिएका प्रदुषण माथि लैजाने गर्ने विद्यार्थीहरुले कम्ती नगरुन एमालेका स्थायी कमिटी सदस्य ढकालले टिप्पणी गर्नुभयो । अनेरास्ववियूको कर्णाली कमिटीका अध्यक्ष ललितजंग मल्लको अध्यक्षतामा भएको थियो । 

नेकपा एमाले केन्द्रीय सदस्य एवं अनेरास्ववियू फाँट इन्चार्ज किशोर बिक्रम मल्ल, नेकपा एमाले केन्द्रीय सदस्यहरु बिष्णु रिजाल, निरज आचार्य, बिनोद शाह लगायतले बोल्नुभएको थियो । अनेरास्ववियूको प्रथम कर्णाली सम्मेलनले साेमबार नयाँ नेतृत्व चयन गर्न जिससको सभाहलमा बन्दसत्र सुरु भइसकेको छ । 


 

प्रतिक्रिया