गायिका एलिना चौहान र विष्णु सापकोटासँग प्रेम सम्बन्ध ब्रेकअप

गायिका एलिना चौहान र विष्णु सापकोटासँग प्रेम सम्बन्ध ब्रेकअप

काठमाडौँ - नेपालमा बस्तै आएकी गायिका एलिना चौहान र अष्ट्रेलियामा बस्ने विष्णु सापकोटासँग प्रेम सम्बन्ध ब्रेकअप भएको हो । गायिका एलिनाले विष्णुसँगको प्रेममा ब्रेकअप भएको पुष्टि गर्नुभएको छ ।

उहाँले भन्नुभयो ‘विष्णुसँग मेरो केही अगाडि नै ब्रेकअफ भएको हो, मिडियाले अहिले थाहा पाए ।’ चौहानको टिप्पणी छ ‘विष्णुलाई भुलेर अगाडि बढिसकेको त्यो सम्बन्ध बारे अब सम्झन चाहन्नँ ।’ 

२०७९ को तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया पुग्दा एलिना र विष्णुको भेट भएको थियो  । त्यसको केही समयपछि उहाँहरूको अफेयर्स मिडियामा आएको थियो । दुबैले प्रेम खुलारुपमा स्वीकार गर्दै विभिन्न भिडियो समेत सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको थियो । विवाहको योजना भएको भनिएको बेला एकाएक ब्रेकअपको भएको हो ।

प्रतिक्रिया