अनेरास्ववियुका कर्णाली प्रदेश अध्यक्षमा ओली चयन

अनेरास्ववियुका कर्णाली प्रदेश अध्यक्षमा ओली चयन

दैलेख – एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको दैलेख सदरमुकाममा भएकाे प्रथम कर्णाली अधिवेशनले सल्यानका राजेश ओलीको अध्यक्षतामा सोमबार ९ पदाधिकारी समेत ४१ सदस्यीय प्रदेश कमिटी निर्विरोध चयन गरेको छ । 

तीन जना उपाध्यक्षहरु जाजरकोटका विवस भारती, दैलेखका मनसुन दाहाल, सुर्खेतका सञ्जय योगी, सचिवमा कालिकोटका धर्म शाही, तीन जना सहसचिवहरु हुम्लाकी प्रतिभा शाही, मुगुका रोशन शाही, रुकुमका प्रकाश मल्ल र कोषाध्यक्ष जुम्लाका जगतजंग शाही चयन गरिएको छ । 

शैक्षिक गुणस्तर अभिवृद्धिको निम्ति अगुवाई गर्ने, देशमै रोजगारी र्सिजना गर्ने व्यवसायिक शिक्षाको प्रवद्र्धन, सुशासन र जवाफदेहिताको निम्ति सरकारलाई खबरदारी गर्ने नवनिर्वाचित प्रदेश अध्यक्ष ओलीले भन्नुभयो । 

अनेरास्ववियुको प्रथम कर्णाली अधिवेशन कार्यक्रमकाे झलक 


 

प्रतिक्रिया