एआईको प्रयोगबाट अमेरिकामा व्यायाम अभ्यास

एआईको प्रयोगबाट अमेरिकामा व्यायाम अभ्यास

कृत्रिम बौद्धिकता (एआई)को प्रयोग हरेक क्षेत्रमा बढ्दै गएको छ । अमेरिकामा व्यायामशालामा पनि एआईको प्रयोग हुन थालेको छ ।अमेरिकाको टेक्सासमा ल्युमिन फिटनेस नामक व्यायामशालामा मानिसहरु एआई प्रशिक्षकको साथमा व्यायाम गर्छन । 

ढोकामा राखिएको सेन्सरले व्यायाम गरिरहेका हरेक मानिसमाथि निगरानी गर्ने काम गर्छ भने गरिरहेको अभ्यास ठीक भयो कि भएन भनेर बोलेर सचेत बनाउने काम पनि गर्छ । व्यायाम सामग्रीको निगरानीसंगै एआई प्रशिक्षकले व्यायामको समयमा हरेक चाल ठीक छ कि छैन भनेर बोलेर प्रतिक्रिया जनाउने गर्छ । 

व्यायाम गर्ने व्यक्तिले लगाएको हेडफोनमा एआई प्रशिक्षकको सुझाव सुनिने गर्छन् । स्क्रिनको माध्यमले एआई प्रशिक्षकले एकै पटक १४ जनालाई व्यायाम प्रशिक्षण गराउनेछ । ल्यूमिन फिटनेसका सीईओ बै्रैंडन बीनका अनुसार एआई व्यायामशाला मानवीय प्रशिक्षक तथा उनीहरुको प्रतिभाको विकल्प भने होइन । 

मानिसहरुलाई केही फरक र रमाइलो अनुभव होस भन्ने उद्देश्यले मात्र एआईको प्रयोग गरिएको बीनको भनाइ छ । विज्ञहरु पनि एआई व्यायमशालाको प्रशिक्षकको विकल्प नभएको तर एआईको प्रयोग गर्न सकियो भने यसले व्यायाम गर्नेहरुलाई फाइदा पुर्याउने विश्वास गर्छन । 

प्रतिक्रिया