कर्णालीमा गठबन्धनका तीनैजना विजयी

कर्णालीमा गठबन्धनका तीनैजना विजयी

सुर्खेत -   कर्णालीमा राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्।  सहायक निर्वाचन अधिकृत उज्वलदेव रावलका अनुसार मतपरिणामअनुसार गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका हुन् । 

गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णुबहादुर विक उम्मेदवार छन्। रोकायाले प्रदेशतर्फ ३० र स्थानीय तहतर्फ १२० मत प्राप्त गरेका छन् । 

मल्लले प्रदेशसभातर्फ २९ र स्थानीयतहतर्फ ११५ मत प्राप्त गरिन् विकले प्रदेशसभातर्फ २९ र स्थानीयतहतर्फ १२० मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेदवार विमला शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन् भने हिक्मत विकले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरे । यस्तै डिल्लीप्रसाद भट्टले प्रदेशमा १० र स्थानीयतर्फ ३६ मत पाए । 

प्रतिक्रिया