कर्णाली सरकारको प्रगति निराशाजनकः नेता कँडेल
कर्णाली - नेकपा (एमाले ) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश सरकारको प्रगति निराशाजनक भएको आरोप लगाउनुभएको छ ।
वीरेन्द्रनगर सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विकासप्रति जनताको तीव्र आकाङ्क्षा, यहाँको विकट भौगोलिक अवस्था, सरकारको विकास नीति तथा गतिबीच तालमेल हुन नसक्दा आमजनतामा निराशा छाएको टिप्पणी गर्नुभयो ।
नेता कँडेलले भन्नुभयो, “ योजना निर्माणमा हुने भ्रष्टाचार, अपारदर्शिता, अनियमितालाई चिर्न सरकारले ध्यान दिनुपर्छ ।”
गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्पले रुकुमपश्चिम र सल्यानमा समेत क्षति पु¥याउँदा पीडितहरुको राहत तथा पुनःस्थापना सरकारले गर्न नसकेको जिकिर गर्दै उहाँले प्रमुख प्रतिपक्षी दलको हैसियतले सरकारलाई नीतिगत सुधार, सुशासन, पारदर्शिता, विकास र कर्णालीको समृद्धिका सवालमा पटकपटक घच्घच्याउने गरे पनि नसुनेको गुनासो गर्नुभयो ।
प्रतिक्रिया