भुकम्प पिडितलाई न्यानो कपडा र खाद्यान्न सहयोग
भक्तबहादुर शाही
जाजरकोट । तीन महिना देखी त्रिपालमा बस्दै आएका भुकम्प पिडितले न्यानो कपडा र खाद्यान्न सहयोग पाएका छन् । चिसोबाट जोगिनको लागि र तत्काल राहत होस भन्ने उद्देश्यले भुकम्प पिडितलाई एकघर एक जनाजेष्ठ नागरिक,अपांग,एकल महिला,विधुवा,असहायलाई न्यानो कपडा र खाद्यान्न सहयोग गरिएको हो ।
भुकम्पबाट त्रिपालमा बस्दै आएका जाजरकोट र पश्चिम रुकुमका झण्डै २ हजार आठ सय ९० घरधुरी मध्ये २ हजार ५९० घरधुरीलाई खाद्यान्न र न्यानो कपडा हस्तान्तरण गरिएको इस्लामिक रिलिफ नेपालका वासइन्जीनियर रुद्र सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयोे,रुकुमपश्चिम र जाजरकोटमा भुकम्पबाट प्रभावितलाई राहत उपलब्ध गराईएको हो ।
वडाकार्यालय,पालिका,जिल्ला प्रशासनको सिफारिस अनुसार भुकम्प प्रभावित ठाउँमा न्यानो कपडा र खाद्यान्न वितरण गरेका हौं,साथै हामीले आठ सय घरधुरीलाई चिसोबाट जोगिन त्रिपालपनि सहयोग गरेका छौं । न्यानो कपडा र खाद्यान्न पाउँदा एकल महिला,जेष्ठ नागरिक असहय खुशी भएका थिए ।
जाजरकोट भेरी नगरपालिका वडा नं १,२, र ५ मा ४५० घरधुरी,नलगाड नगरपालिका वडानं ३,६ र ११ मा ४०० घरधुरी,बारेकोट गाउँपालिका वडानं ६,१ र८ मा ४५० घरधुरी,कुशे गाउँपालिकामा ४२२ घरधुरी,जुनीचाँदे गाउँपालिका वडा नं १,४ र १० १५० घरधुरी र रुकुमपश्चिमको सानीभेरी गाउँपालिका वडा नं ४ मा ९०० घरधुरी,आठविसकोट नगरपालिका वडानं १४ मा २५० घरधुरीलाई खाद्यान्न र न्यानो कपडा हस्तान्तरण गरिएको सोसेक नेपालका जाजरकोट जिल्ला संयोजक पुर्णबहादुर महतराले बताउनुभयो । उनले भने, अब हामीले वितरण गर्नुपर्ने कुशे गाउँपालिकाको २०० घरधुरी र जुनीचाँदे गाउँपालिका १०० घरधुरी बाँकी रहेकाछन् एकहप्ताभित्र नै यो वितरण गरि सक्छौं,उहाँले भन्नुभयो ।
सहयोगी संस्थाले जेष्ठ नागरिक,असाह्य,अपांग,एकल महिलाका लागि मसिनो चामल १ प्याक,२५ केजी,मसुरो दाल ३ केजी,तोरीको तेल ३ लिटर,आयोडिननुन,२ केजी,कम्बल ३ पिस,महिलाका सल २ थान, १ थान ८ मिटर पिफम सहयोग गरेको भेरीनगरपालिका ५ का वडाअध्यक्ष लालबहादुर चन्दले जानकारी दिनुभयो । हामीले गाउँबस्तीमा गएर भुकम्प पिडितलाई सोधेर नै वडाकार्यालय,पालिकाको सिफारिसमा यो समान मगाएका हौं,यो सहयोग बढी समस्यामा परेका नागरिक लाभान्वित भएका छन् ।
समान पाउँदा भेरी नगरपालिका–५ इवरका ८२ बर्षिय कर्णबहादुर पुनले सहयोगी संस्थालाई धन्यवाद दिनुभयो । हामी बुढाबुढी आगो तापेर रातकटाउने गथ्यौं । अब कम्बलपाए त मस्त सँग निन(निन्द्रा) आउँछन । आगो बाल्नको लागि पनि दाउराको समस्या थियो । हामीबल्ल सिंहदरबार गाउँमा आएको जस्तो लाग्याँको छ,उहाँले भन्नुभयो ।
कर्ण मात्र होइनन् होइन सोही ठाउँकी ६८ बर्षिया भद्रीविकको मुहारमा खुशी झल्कथ्यो । आफुले समान बोक्न नसकेपछि नातिलाई फोन गरेर समान लिन आग्रह गर्नुभयो,खुशीहुदै भन्नुभयो,यो सहयोग दिन्याँको घर कहाँ,तीन जय होस । अहिलेसम्म आफुले एकै पटक यति धेरै सहयोग नपाएको जानकारी गर्नुभयो ।
प्रतिक्रिया