भएका सबै रुख काटिदिनुस !

भएका सबै रुख काटिदिनुस !

पारस भट्ट प्यासी,
सुदुरपश्चिम, बैतडी


गाउँमा बाँदर आए
भएका सबै रुख काटिदिनुस !
खुट्टामा काँडा बिजे
खुट्टा काटिदिनुस !

आज बनमा बाघले बाख्रा खाए
भोलीदेखि गोठला जान छोडिदिनस !
टाउको चिलाए
टाउको काटिदिनुस !

टिकटकमा कोहि नराम्रो आए
टिकटक नै बन्द गरिदिनुस !
फेसबुकमा कोहि नराम्रो लेख्ला
फेसबुक नै बन्द गरिदिनुस !
युटुबमा कोहि नराम्रो भिडियो हाल्छ
युटुब नै बन्द गरिदिनुस !

म पनि धेरै बोल्न थाले
अब मेरो पनि जिब्रो थुतिदिनुस् !!

प्रतिक्रिया