दैलेखमा एमाले परित्याग गरी एकसयबढी नेपाली कांग्रेसमा प्रवेश

दैलेखमा एमाले परित्याग गरी एकसयबढी नेपाली कांग्रेसमा प्रवेश

दैलेख -   नेपाली कांग्रेसको परिपत्र अनुसार देशभर चलिरहेको देशब्यापि अभियान समुदायमा नेपाली काग्रेस अभियानको शिलशिलामा दैलेखमा नेकपा(एमाले)का एकसय बढी नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

दैलेखको भैरवी गाउँपालिका वडा नम्बर -२ मा नेकपा (एमाले)का संगठित सदस्य एमालेका पुर्व वडाअध्यक्ष पदका उम्मेदवार समेत रहनुभएका खगेन्द्र बहादुर थापासहित थापा नेतृत्वको एकसय बढी सदस्यहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्  । 

नेपाली कांग्रेसका राजेन्द्र केसीको अध्यक्षतामा,नेपाली कांग्रेस केन्द्रिय सदस्य सिता कुमारी रानाको  प्रमुख आतिथ्यतामा पार्टि प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।   

दैलेखको भैरवी गाउँपालिका -२ स्थित नेकपा(एमाले) पार्टिमा आबद्ध नेता तथा कार्यकर्ताले आजको दिनबाट एमाले पार्टि परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेको बताइएको छ । 

   कांग्रेसको देशब्यापि रुपमा चलिरहेको  समुदायमा नेपाली कांग्रेस अभियानको शिलशिलामा भैरवी गाउँपालिका वडा नम्बर -२ कैन वगौरा गाउँ विकास समितिबाट नेकपा(एमालेको)संगठित सदस्य परित्याग गरि करिब एकसय जना नेपाली कांग्रेसमा प्रवेश गरेको बताइएको छ । 

नेपाली काग्रेस केन्द्रिय सदस्य सिता रानाको क्रियाशिलतामा नेकपा(एमाले) का संगठित सदस्य खगेन्द्र थापा नेतृत्व सहितको टोली नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य सिता रानाले बताउनुभयो ।

 उहाँका अनुसार आफ्नो क्रियासिलतामा एमाले पार्टि परित्याग गरि करिब एकसय जना नेपाली कांग्रेस पार्टिमा प्रवेश गर्नुभएको छ ।  पार्टि प्रवेश कार्यक्रममा नेपाली कांग्रेस कर्णाली प्रदेश सदस्य भक्ति उपाध्याय, पूर्व क्षेत्रिय सचिव मिम थापा, नेपाली कांग्रेस महाधिवेसन प्रतिनिधि देबि भण्डारी, पार्टिका गाउँपालिका अध्यक्ष हिमलाल ढुंगाना, पुर्व गाविस उपाध्यक्ष मान बहादुर थापा, वडा नम्बर २ का सभापति आशाराम थापा, जय बिष्ट, झक्क बिष्ट लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया