बाख्रापालनमा व्यवसायमा रमाउँदै धनसरा

बाख्रापालनमा व्यवसायमा रमाउँदै धनसरा

निर्मल अधिकारी

दैलेख । श्रीमानको कमाईले मात्रै घरखर्च चलाउन मुस्किल भएपछि बाख्रापालन व्यवसाय शुरु गरेकी भैरवी वडा न. ४ कि धनसरा शाही सँग अहिले १५ वटा बाख्रा छन् । उहाँको दैनिकी बाख्राको स्याहार सुसारबाटै सुरु हुन्छ । विहान उठने वित्तिकै बाख्राको खोरमा जानुहुन्छ  । बाख्रा कस्ता छन र के खान्छन् हेर्छिन् । खोरबाट बाहिर खुल्ला चौरमा निकालिसकेपछि बाख्राको लागि घाँस काट्नहुन्छ  ।

त्यति मात्रै नभएर उहाँ अन्य सामाजिक कार्यमा पनि अग्रसर हुनुहुन्छ  । पालिकामा हुने बैठक छलफलमा उनको अनिवार्य सहभागिता हुनेगर्दछ । आमा समूहको बैठकमा पनि प्राय: सहभागी हुने धनसरा बाशुधारा युवा क्लवको अध्यक्ष समेत पनि हुनुहुन्छ ।  

उहाँका श्रीमान कमाउन  भारत जाने गर्नुहुन्छ । वर्षमा एक महिनाको लागि मात्रै घर आउने श्रीमानले घरव्यवहार चलाउने कुरै भएन् । घरको पुरै जिम्मेवारी हेर्ने उहाँनै हो । उहाँले भन्नुभयो, श्रीमानको कमाई भारतमा पनि राम्रै हुन्छ । चाहेको बेला आफुसँग पनि पैसा नहुने र श्रीमानको कमाईले पनि नपुग्ने भएपछि बाख्रापालन शुरु गरेकी धनसरा भन्नुहुन्छ, श्रीमानको कमाईले मात्रै घरधन्दा चलाउन मुश्किल थियो । श्रीमान कमाउन विदेश जाने र श्रीमतीले घरमा केही नगरी बसनाले हाम्रो समाजमा अभाव सिर्जना भएको हो । उनले थपिन्, एउटको कमाईले बचत गर्न नै सकिदैन् । भएको आम्दानी सबै जिवन निर्वाहका लागि खर्च हुन्छ । औषधी उपचार, खाना खर्च, छोराछोरीको पढाईका लागि हुने खर्च मात्रै घरमा आम्दानी गर्न सक्ने हो भने श्रीमानको कमाई बचाउन सकिन्छ जुन भविश्यको लागि काम लाग्छ । 

जब उहाँ सोसेक नेपालले सहजिकरण गरेको बाशुधारा युवा क्लवमा आबद्ध हुनुहभयो त्यसपछि उहाँलाई गाउमै केही गरौ भन्ने साहस आयो । क्लवका सदस्यहरुले उहाँलाई अध्यक्ष हुन आग्रह गरे । उहाँले भन्नुभयो, अरुलाई केही गर्नुपर्छ भनेर सिकाउने मान्छेले आफैले केही नगरी बस्नु त भएन् । त्यसपछि मैले क्लवको घुम्ति कोषबाट १५ हजार ऋण लिए । त्यो १५ हजार बाट २ वटा बाख्रा किने । त्यहि २ वटा बाख्रा बाट अहिले १०र१५ वटा बाख्रा भएका छन् र केही बाख्रा बेचेर विमा गरेको उहाँले बताउनुभयो  । 

उहाँले परिवारका सबै सदस्यको नाममा जिवन विमा पनि गर्नुभएको छ । जब विमाको किस्ता तिर्ने समय आउछ त्यतिखेर एउटा बाख्रा बेचर किस्ता तिर्ने गर्छिन । उहाँ भन्नुहुन्छ्, धेरै जसोले जति आम्दानी हुन्छ त्यति खर्च गर्दछन्, मैले भविश्यको लागि केही आम्दानीलाई वचत गरेर पनि राखेकी पनि छु । छोराछोरीको नाममा गरिएको विमा उनीहरु उच्च शिक्षा अध्ययन गर्दा काम लाग्ने उनको भनाई थियो । 

उहाँले बाख्राको पनि विमा गर्नुभएको छ । व्यवसायमा हुने जोखिम न्यूनिकरण गर्न विमा गर्नु पर्छ भन्ने उहाँलाई जानकारी छ । बाख्रापालन व्यवसायलाई थप बृद्धि र जोखिम न्यूनिकरण गर्न स्थानीय सरकारसँग पनि उहाँले समन्वय गर्छिन् । उहाँ गाउपालिकाको उत्कृष्ट किसान समेत हुनुहुन्छ । गाउँमा केही गर्न सकिदैन भन्नेहरुको लागि धनसरा उदाहरणीय युवा उद्यमी हुनुहुन्छ  । 
युवा कल्वमा आवद्ध नभएको भए श्रीमानकै कमाईमा भरपर्नुपर्ने बाध्यता भएको धनसरा भन्छिन् आम्दानी बढाउनका लागि परिवारका सबैले केही न केही रोजगारी गर्नैपर्छ । परिवारका सबैको थोरै थोरै आम्दानीले भविश्यका लागि बचत गर्न सकिने हो । उहाँले थप्नुभयो, गाउँमै केही गरौ भन्नेका लागि श्रोतको अभाव छैन्  । अभाव छ त इच्छा शक्ति र मेहनतको । जोसँग इच्छा शक्ति छ र मेहनत गर्छ उस्ले जिवन निर्वाहका लागि धेरै दुख गर्नु नपर्ने उहाँको अनुभव छ । 

प्रतिक्रिया