माटो परीक्षण तथा घुम्ती बाली उपचार शिविर सम्पन्न

माटो परीक्षण तथा घुम्ती बाली उपचार शिविर सम्पन्न

दैलेख -  दैलेखको ठाँटीकाँध गाउँपालिकामा माटो परीक्षण तथा घुम्ती बाली उपचार शिविर सम्पन्न भएको छ ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तरगत एकीकृत कृषि प्रयोगशाला सुर्खेतको आयोजनामा ठाँटीकाँध गाउँपालिका, सोसेक नेपालको सहजीकरणमा माटो परीक्षण तथा घुम्ती बाली उपचार शिविर सम्पन्न भयको हो ।

शिविरमा ठाँटीकाँध गाउँपालिकाका ६ वटै वडाका एक सय १९ जना कृषकले माटोको नमूना ल्याएर माटो परीक्षण गराएका छन् । अधिकांशमा अम्लियपन पाइएकाेले उपचार बारे प्राविधिकहरूले सल्लाह दिएका  थिए । 

प्रतिक्रिया