श्रीमती र छोराको हत्या आरोपमा प्रहरी जवान पक्राउ

श्रीमती र छोराको हत्या आरोपमा प्रहरी जवान पक्राउ

दाङ - आम नागरिकको सुरक्षा दिने जिम्मेवारी रहेको एक प्रहरी जवान श्रीमती र छोराको हत्या आरोपमा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली २२ वर्षीया श्रीमती टीका विक र ९ दुई वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।

आरोपित बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो । शनिबार राति कार्यालयबाट बिदा मागेर गएका नेपालीले घोराहीको शहीद गेटस्थित सुपरलज होटलको कोठा नं. १ मा बास बसेकामा त्यही होटलमा सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी जनकबहादुर मल्लले बताउनुभयो । १० वर्षदेखि नेपाल प्रहरीमा कार्यरत आरोपित नेपाली रुन्टीगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो । 
 

प्रतिक्रिया