प्रेस चौतारी नेपालद्वारा पुरस्कारको घोषणा

प्रेस चौतारी नेपालद्वारा पुरस्कारको घोषणा

काठमाण्डाैं - नेकपा एमाले निकट प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवसको अवसरमा संगठनसंग आवद्ध पत्रकारहरुलाई विभिन्न विधाको पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । सोही सन्दर्भमा वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा संगठनका महासचिव हिरामान लामा र सचिव हरिवल्लभ नेपाल सदस्य रहेको पुरस्कार छनौट समितिलले पुस्कृतहरुको नामावली घोषणा गरेको जनाइएको छ । 

समितिले तय गरेको मापदण्डका आधारमा विभिन्न चरणका बैठक, छलफल, संवाद मार्फत ६ वटा विधाका विभिन्न पुरस्कारबाट ६ जना अग्रज तथा क्रियाशील पत्रकारहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको महासचिव लामाले जानकारी दिनुभयो । 

महासचिव लामाका अनुसार हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण दैनिकका सम्पादक अखण्ड भण्डारीलाई, अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार पूर्व महासचिव माधव नेपाललाई, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार रुकुमपूर्वका महेश केसीलाई बीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार रौतहटका फनिदेव महतलाई, सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार काभ्रेपलाञ्चोककी काजल तामाङलाई र चन्द्र न्यौपाने शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार रामेछापकी यसिमा महतलाई दिन लागिएको छ । 

प्रेस चौतारी नेपालले सोमबार अर्थात माघ २२ गते आयोजना गर्न लागेको २६ औँ स्थापना दिवसको औपचारिक कार्यक्रममा उक्त पुरस्कार वितरण गरिने बताइएको । 

प्रतिक्रिया