ब्रेन ट्यूमर ग्रसित वडाध्यक्ष शाहीको निधन

ब्रेन ट्यूमर ग्रसित वडाध्यक्ष शाहीको निधन मृतक वडाध्यक्ष बिर्षबहादुर शाही
सुन्नुहोस्

दैलेख – दुल्लू नगरपालिका १३ नंं. का वडाध्यक्ष बिर्षबहादुर शाहीकाे ६५ वर्षको उमेरमा मालिका गाउँस्थित घरमै सोमबार निधन भएको छ । ब्रेन ट्यूमर रोगबाट ग्रसित हुनुहुन्थ्यो । छ महिना अघि भारतमा अप्रेसन गरे यता उहाँको स्वास्थ्य समस्या थियो । 

नेकपा एमालेका पूर्व जिल्ला कमिटी सदस्य शाही २०५४ को स्थानीय निर्वाचनमा मालिका गाविसका उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष, सर्वदलीय संयन्त्र लगायत सामाजिक दायित्व निर्वाह गर्नुभएको थियो । 

उहाँकी एक छोरी लक्ष्मी शाही (४३), छोराहरु तीन जना बिष्णु (३८), झलक (३५), नरेन्द्र (३२) अनि धर्म पत्नी ज्वाला शाही (५५) हुनुहुन्छ । उहाँको जन्म २०१५ साल चैत १२ गते भएको थियो । 

उहाँको अन्तिम दाहसंस्कार मंगलबार दिउँसाे तल्लो डुंगेश्वरस्थित आर्यघाटमा गर्ने कार्यक्रम रहेको नेकपा एमाले दुल्लू नगरपालिका–१३ वडा कमिटीका सचिव धनबहादुर शाहीले जानकारी दिनुभयो । 
 

प्रतिक्रिया