दैलेखमा मोतिबिन्दू शल्यक्रिया हुने

दैलेखमा मोतिबिन्दू शल्यक्रिया हुने

दैलेख – नेपाल रेडक्रस सोसाइटी दैलेखले सञ्चालन गर्दै आएको प्राथमिक आँखा उपचार केन्द्रमा अब मोतिबिन्दूको अप्रेसन सेवा समेत सुरु गर्न लागिएको छ । अप्रेसनका लागि आवश्यक पर्ने उपकरण, जनशक्ति र पूर्वाधार सहित तयार गरी भोलिदेखि औपचारिक रुपमा अप्रेसन थालिने बताइएको छ । 

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य एवम् सुर्खेत शाखा सभापति र नेपाल रेडक्रस सोसाइटी दैलेखका जिल्ला सभापति निर्जनकुमार खत्रीले प्राथमिक आँखा उपचार केन्द्रलाई स्तरबृद्धि गरी ‘समुदायिक आँखा उपचार तथा शल्यक्रिया केन्द्र’को नाम दिई माघ २४ गतेदेखि सञ्चालन गर्ने सम्झौता भएको छ । 

सोमबार नेपाल रेडक्रस सोसाइटी दैलेखमा आयोजित एक समारोहमा भएको सम्झौता अनुसार नेपाल रेडक्रस सोसाइटी सुर्खेतले त्यहाँ सञ्चालन गरिरहेको आँखा अस्पतालका तीन जना मध्ये एक जना नेत्र चिकित्सक दैलेख पठाई इच्छुक बिरामीका अप्रेसन गर्ने लगायतका काममा सहयोग गर्ने उल्लेख छ । 

भोलि बुधबार विहान ‘समुदायिक आँखा उपचार तथा शल्यक्रिया केन्द्र’को औपचारिक उद्घाटन तथा नेपाल रेडक्रस सोसाइटी दैलेखको साधारणसभा कार्यक्रम तय गरिएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य भेषराज थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया