कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेसको आकस्मिक केन्द्रीय कार्यसमिति बैठक बस्दै cc

काठमाडौँ -   नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । देशैभरि समुदायमा कांग्रेस अभियान चलिरहेको र नेताहरू जिल्ला जिल्ला पुगेका भए पनि सभापति शेरबहादुर देउवाले आकस्मिकरुपमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको हो  । 

केन्द्रीय कार्यसमितिका सदस्य एवम् पूर्व मन्त्री केशवकुमार बुढाथोकीको सोमबार राति निधन भएको उनको शोक प्रस्ताव पारित गर्न  आकस्मिक बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो  । 

उहाँका अनुसार बैठक मंगलबार बिहान १० बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ । 

प्रतिक्रिया