सान्नी त्रिवेणी ‘वडाअध्यक्षसंग जनता कार्यक्रम’ गर्ने योजनामा
कालिकोट– सान्नी त्रिवेणी गाउँपालिकाले ‘वडाअध्यक्षसंग जनता कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा सो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
गाउँपालिकाअन्तर्गत हरेक वडामा ‘वडाअध्यक्षसंग जनता कार्यक्रम’ गरिने अध्यक्ष मोहनबहादुर केसीले बताउनुभयो । चालु आव २०८०/८१ बाट हरेक वडाका वडाध्यक्षसंग जनता कार्यक्रमसञ्चालन गर्ने योजना रहेको अध्यक्ष केसीले बताउनुभयो ।
कार्यक्रमका लागि बजेट विनियोजन गरिसकेको तथा आउँदो फागुन, चैत र बैशाख महिनाबाट लागु गरिने उहाँले बताउनुभयो । गाउँपालिकाअन्तर्गतका ‘हरेक वडाका वडाध्यक्ष गाउँघरमा गएर जनताका समस्याबारे बुझेर उहाँहरुले नै समाधान गर्ने योजना छ’ उहाँले भन्नुभयो । वडाध्यक्षकोे समयअनुसार कार्यक्रम गर्नेछन उहाँले बताउनुभयो । आ(आफ्नो वडामा जनताका वास्तविक समस्या बुझेर समाधान हुन्छ । कार्यक्रमलाई प्रभावकारी बनाउने अध्यक्षको विश्वास छ ।
प्रतिक्रिया